मोरङमा खाल्डोमा पुरेको अवस्थामा अर्को शव पनि फेला, एउटाको खुलेन पहिचान

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो ।
खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । उनले भने–‘बुधवार फेला परेको शव पहिचान हुन बाँकी छ, हामी अनुसन्धान गर्दै छौँ ।’
बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने–‘हत्यापछि पुरेको आशङ्का गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै