शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कजाकिस्तान : मध्य एशियाका सर्वाधिक शक्तिशाली राजनेता नुरसुल्तान आखिर कहाँ बेपत्ता छन् ?

सोमबार, २६ पुस २०७८, १२ : १९
सोमबार, २६ पुस २०७८

कजाकिस्तानमा ग्याँसको मूल्यवृद्धिको विषयलाई लिएर सुरु भएको प्रदर्शनले अब हिंस्रक रुप लिएको छ । अवस्था अनियन्त्रित भएपछि प्रदर्शन नियन्त्रण गर्न रुसी सेनालाई कजाकिस्तान बोलाइएको छ ।

तर  यी सबका बीच त्यहाँका सबैभन्दा ठूला नेता तथा २९ वर्षसम्म राष्ट्रपति भइसकेका नुरसुल्तान नजरबायेभ  कहिँ कतै देखा परेका छैनन् । तसर्थ, उनी कहाँ बेपत्ता भए, प्रश्न उठिरहेको छ ।

नुरसुल्तान नजरबायेभ स्वतन्त्र कजाकिस्तानका पहिलो राष्ट्रपति थिए । आफ्नो लामो शासनसको अवधिमा उनले जनताको सामु आपूmलाई देशको राष्ट्रपतिको रुपम पेश गरेका छन् । तर नयाँ वर्षको हिंसामा दर्जनौँ मानिस मारिएपछि पनि नजरबायेभ कहिँ कतै देखिएका छैनन् ।

कजाकिस्तानमा हाल केवल नजरबायेभको नामको मूर्ति र उनको नाममा बनेका सडक मात्रै देखिएका छन् ।

यी प्रदर्शन  र हिंसाले कजाकिस्तानमा सत्ताको पूर्ण हस्तान्तरणको गतीलाई तीव्र बनाइ दिएको छ । पूर्व राष्ट्रपति नजरबायेभसँग सुरक्षा परिषद्को  प्रमुखको रुपमा सत्ताको एकमात्र औपचारिक भूूमिका पनि खोसिएको छ ।

अब राष्ट्रपति कासिम जोमार्त तोकायेभले स्वयंलाई सुरक्षा परिषदको प्रमुखको रुपमा घोषणा गरेका छन् ।

तोकायेभ तीनै व्यक्ति हुन्, जो सन् २०१९ मा नजरबायेभ हटेपछि कजाकिस्तानका राष्ट्रपति बनेका थिए । गत वर्ष अर्थात् २०२१ मै नजारबायेभले आपूmसँग बाँकी भएको दुई महत्वपूर्ण जिम्मेवारी तोकायेभलाई सुम्पिएका थिए ।

यसमा ‘एसेम्बली अफ द पीपुल्स अफ कजाकिस्तान’ को अध्यक्षको पद र नूर ओटान पार्टीका नेताको पद पनि समावेश थियो ।

कजाकिस्तानमा नुरसुल्तान नजरबायेभको शक्ति यस आधारमा पनि आँकलन गर्न सकिन्छ कि राष्ट्रपतिको पदबाट हटेको करिब ३ वर्षपछि पनि त्यहाँ हुने सबै घटनालाई उनी, उनको परिवार वा सहयोगीसँग जोडेर हेर्ने गरिएको थियो । हाल भइरहेको प्रदर्शनमा पनि प्रदर्शनकारी उनको विरोधमा नारा लगाइरहेको सुनिएको छ । साथै कयौँ ठाउँमा उनको मूर्ति पनि हटाइएको छ ।

नजरबायेभप्रति किन यत्तिको आक्रोश ?

आखिर मानिसमा नजरबायेभलाई लिएर यत्तिको रिस किन देखिएको छ त ? कजाकिस्तान पहिले सोभियत संघको हिस्सा रहँदै आएको थियो । संघको विघटनदेखि सन् २०१९ सम्म नजरबायेभ कजाकिस्तानको राष्ट्रपति थिए । यसैले त्यहाँका जनता कजनकिस्तानको हालत  यस्तो हुनुमा उनकै हात भएको उनीहरु मान्छन् ।

स्रोत–साधनले सम्पन्न यो देशको क्षेत्रफल भारत भन्दा थोरै मात्र कम अर्थात २७ लाख वर्ग किलोमिटर छ ।

योे देशको आशा पनि बढिरहेको छ । तर यहाँको जनसंख्या २ करोड भन्दा पनि कम छ । यीबाहेक अन्य थुप्रै कारण छन् जसका कारण यो देशको इलाकामा अरु देशको कुनै असर हुन सकेको छैन ।

नजरबायेभको शासनकालमा मानिसको रिस र नागरिक समाज दुवैलाई फस्टाउन दिइएन । यसैगरी सम्पत्तिको वितरण पनि असमान ढंगले बढिरह्यो ।

 


देशमा करिब दुई करोड जनसंख्या हुँदा पनि २ सय जनाको हातमा देशको आधाभन्दा बढी सम्पत्ति छ । यहाँ करिब ४०० करोडपति छन् र उनीहरु मध्ये धेरैजसो लण्डनमा बस्न रुचाउँछन् ।

सन् २००८ देखि २०१५ को अवधिमा बेलायतले आफ्नो देशमा लगानी गर्नेलाई बस्ने अनुमती पनि दिएको थियो । तर कजाकिस्तानका धनाढ्यलाई ‘गोल्डेन भिसा’ दिनेमा कतार सबैभन्दा अगाडि थियो ।

चेटम हाउस रिसर्च इन्सटिच्यूटको एक रिपोर्टका अनुसार त्यो समयमा त्यहाँ २०० भन्दा बढी करोडपतिलाई बेलायतमा बस्ने अधिकार दिइएको थियो ।

ती धनाढ्यले बेलायतको अचल सम्पत्तिमा लगानी गरे । यसबाट जनताका साथै प्रहरी र अदालतको ध्यान यसतर्फ आकर्षित भयो ।

बेलायतीले नजरबायेभकी छोरी दरिगा र उनको नाती नुराली अलियेभको २ घर र अपार्टमेन्ट जफत गर्ने कोशिश गरे । पछि अदालतमा पनि २ घर र अपार्टमेन्ट उनकै पैसाले किनिएको पुष्टि भयो ।

सम्पत्तिको खरिदमा उनका पूर्व पति राखत अलियेभको आपराधिक आयको कुनै प्रयोग नभएको उनीहरुले प्रमाणित गरिदिए ।

कजाकिस्तानमा अमेरिकी राजदूत बनिसकेका विलियम कर्टेनले भने, ‘विगतका केही वर्षमा नजरबायेभ परिवारद्वारा यूरोपमा किनिएको आलिसान सम्पत्तिबारे लगातार प्रश्न उठिरहेको छ र कजाकिस्तानका जनता भड्किने एउटा कारण यो पनि हुनसक्छ । यस्तो लागिरहेको छ कि नजरबायेभलाई यसको ठूलो राजनीतिक मूल्य तिर्नुपर्ने देखिएको छ ।’

यी सबै समस्याका बावजूद नजरबायेभको परिवार र त्यहाँको धनीले सधैँ पश्चिमी मुलुकको सहार लिएका छन् ।

अमेरिका र युरोपका ठूला बिजनेस पत्रिकामा कजाकिस्तानको उपलब्धिको बारेमा धेरै लेख लगातार छापिँदै आएको छ । देशकै ठूला कम्पनीहरुले आफ्नो सेयर लण्डन स्टक एक्सचेन्जमा सूचिकृत गरेका छन् ।

देशको राजधानी नूर–सुल्तानलाई पश्चिमी देशका ख्याती प्राप्त आर्किटेक्टले पुनः बनाए । नयाँ बनेको राजधानीमा ‘स्पेशल आनेस्ट कोर्ट’ खोलिएको छ जसमा व्यापारिक, सिभिल र मध्यस्थताको मामिला सुल्झाउनका लागि बेलायतबाट निकै महँगा न्यायाधिस बोलाइए ।’

समस्या रोक्न अब सम्भव छैन

पश्चिमी देशको व्यवस्थामा फिट हुने नजरबायेभको महत्वकांक्षाले कजाकिस्तानलाई आफ्ना छिमेकी देशहरु उज्बेकिस्तान, तुर्कमेनिस्तान र ताजिकिस्तानका तानाशाही शासकसँगको दुरी बढाएको थियो ।

यद्यपि, अहिले भने यी देश तीब्र रुपमा पश्चिम बिरोधी खेमामा जाँदैछन् । चीनसँग कजाकिस्तानको आर्थिक र रणनीतिक रुपमा महत्वपूर्ण सम्बन्ध छ । यसैगरी रुससँग उसको क्षेत्रीय स्तरमा महत्वपूर्ण सम्बन्ध छ ।

सोभियत संघको विघटनपछि भएको सम्झौताको आधारमा यी दुई देश कलेक्टिभ सेक्युरिटी ट्रिटि अर्गनाइजेशन (सीएसटीओ) का हिस्सा बनेका छन् ।

यो सम्झौतामा समावेश अन्य सदस्य देश पनि छन्– बेलारुस, किर्गिस्तान, ताजिकिस्तान र आर्मेनिया ।

हालको संकटबाट यो स्पष्ट भएको छ कि यो देश उनीहरुको सहयोगबिना आफ्नो सुरक्षा व्यवस्था पनि बहाल गर्न सक्दैनन्  ।

तोकायेभले बिरोध प्रदर्शनलाई पूर्ण रुपमा दबाउन निश्चित गरे र दंगा गर्नेलाई चरमपन्थीको संज्ञा दिए ।

साथै, यो प्रदर्शनमाथि नियन्त्रण पाउन बाहिरबाट सुरक्षाबललाई बोलाए । सरकारले यदि देशको व्यवस्थामा सुधारको प्रक्रिया अपनाउनुको साटो नीति कढा पार्ने कोसिस गरेको खण्डमा पश्चिमको समर्थक हुने अन्तिम भ्रम पनि ध्वस्त हुनेछ ।

नर्गिस कासेनोभा हार्भर्ड यूनिभर्सिटीमा डेभिस सेन्टर फर रशियन एन्ड युरेशियन स्टडिजसँग पनि जोडिएकी छिन् ।  उनले यो देशको बारेमा पनि लेखेकी छिन्,‘ हाम्रो यहाँ कस्मोपोलिटन धनी वर्ग धेरै ठूलो छ र तीमध्ये अधिकांश रुस–बेलारुस जस्तै दमन मन पराउँदैनन् ।’

देश हाल यस्तो अवस्थामा आइसकेको छ कि धनी वर्ग यी दाबीलाई अब अलबिदा भन्न सक्छन् ।

कासेनोभाले चेतावनी दिँदै भनेका छन्, ‘कजाकिस्तानको व्यवस्थामा गम्भीर समस्या छ र अब यसको हल पछि खोज्न सकिँदैन । अब हरेक स्थानका हरेक व्यक्तिले यो बुझिरहेका छन् ।  

नजरबायेभ दशकौँदेखि जनताको खुसी र समृद्धिको प्रतिबद्धता गर्दै आएका छन् । तर उनको सफलता अत्यन्त सामान्य छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप