कजाकिस्तान : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु, रुसी सेना देशमा प्रवेश
सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।
थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।
अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।
कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश गरे ।
राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार बताएको छ । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने दिएका छैनन् ।
बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ) सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।
रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक छन् । सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् । यो सेना थुप्रै दिन वा हप्तासम्म देशमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण