कजाकिस्तानमा तनावका बीच खाडी देशका विदेशमन्त्री किन गइरहेका छन् चीन ?

तेल सम्पन्न खाडी देशका विदेश मन्त्री सोमबार पाँच दिवसीय भ्रमणमा चीनको राजधानी बेइजिङ पुगिरहेका छन् ।
यो भ्रमण यस्तो बेला भइरहेको छ जब चीनको छिमेकी देश कजाकिस्तानमा अस्थिरता पैदा भएको छ र यसकारण चीनको ऊर्जा सुरक्षाको विषयमा चिन्ता जताइँदैछ ।
साउदी अरब, कुवेत, ओमान र बहराइनका अधिकारीसमेत गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का महासचिव नायेफ बिन फलाह अल–हजराह शुक्रबारसम्म चीनमा रहनेछन् ।
तेल र ग्यास सम्पन्न कजाकिस्तानमा अस्थिरतामाथि चीनले चिन्ता जताएको छ किनभने त्यहाँको ऊर्जा उद्योगमा राम्रो लगानी रहेको छ ।
यता चीनका विदेशमन्त्री वाङ यीले हालै अफ्रिका, माल्दिभ्स र श्रीलङ्काको भ्रमण गरेका छन् ।
चीनको विदेश मन्त्रालयले खाडी देशमा मन्त्रीको भ्रमणबारे खासै धेरै जानकारी दिएको छैन । यो यस्तो खालको पहिलो भ्रमण हो र बेइजिङसँग ऊर्जा सम्बन्ध बलियो बनाउनेबारे चर्चा हुने अनुमान गरिएको छ ।
खाडी देशसँग चीनले हालै आफ्नो सम्बन्ध बलियो बनाएको छ । सन् २०१४ मा शी जिनपिङले आफ्नो उद्देश्य यो क्षेत्रसँग सन् २०२३ सम्म व्यापार दोब्बरभन्दा बढी पार्ने बताएका थिए ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले यो भ्रमणबाट तीन–जीसीसीबीच मुक्त व्यापार सम्झौतामा ‘ठूलो सफलता’ पाउन सकिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा