कजाकिस्तानमा सेनालाई चेतावनी नदिई गोली चलाउन आदेश
काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाबीच सरकारले सेनालाई चेतावनी बिना नै गोली चलाउने आदेश दिएको छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएवले ‘२० हजार विद्रोही’ ले अल्माटी शहरमा हमला सुरु गरेको जानकारी दिएका छन् ।
अल्माटी शहर बढ्दो मूल्यवृद्धि विरुद्ध भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र रहेको छ ।
रुसको सेना कजाकिस्तान पुग्योः
राष्ट्रपति तोकाएवले यो हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतंककारी’ लाई जिम्मेवार बताएका छन् ।
यद्यपि, उनी यो नतिजामा कसरी पुगे भनेर स्पष्ट जानकारी भने दिएनन् ।
यसैबीच कजाकिस्तानको गृह मन्त्रालयले २६ हतियारधारी अपराधीलाई मारिएको र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएको जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार तीन हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।
यद्यपि, प्रभावित क्षेत्रमा इन्टरनेट बन्द छ र धेरै कम जानकारी आइरहेका छन् ।
स्थानीय मिडियाका अनुसार देशभरी ७० चेक पोइन्ट्स लगाइएका छन् ।
संयुक्त राष्ट्रले संयमता अपनाउन अपिल गरेः
कजाकिस्तानमा तेलको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शनका बेला हिंसा बढेको हो ।
त्यसपछि अमेरिका, बेलायत, फ्रान्सबाहेक संयुक्त राष्ट्रले सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा