कजाकिस्तानमा सेनालाई चेतावनी नदिई गोली चलाउन आदेश
काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाबीच सरकारले सेनालाई चेतावनी बिना नै गोली चलाउने आदेश दिएको छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएवले ‘२० हजार विद्रोही’ ले अल्माटी शहरमा हमला सुरु गरेको जानकारी दिएका छन् ।
अल्माटी शहर बढ्दो मूल्यवृद्धि विरुद्ध भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र रहेको छ ।
रुसको सेना कजाकिस्तान पुग्योः
राष्ट्रपति तोकाएवले यो हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतंककारी’ लाई जिम्मेवार बताएका छन् ।
यद्यपि, उनी यो नतिजामा कसरी पुगे भनेर स्पष्ट जानकारी भने दिएनन् ।
यसैबीच कजाकिस्तानको गृह मन्त्रालयले २६ हतियारधारी अपराधीलाई मारिएको र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएको जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार तीन हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।
यद्यपि, प्रभावित क्षेत्रमा इन्टरनेट बन्द छ र धेरै कम जानकारी आइरहेका छन् ।
स्थानीय मिडियाका अनुसार देशभरी ७० चेक पोइन्ट्स लगाइएका छन् ।
संयुक्त राष्ट्रले संयमता अपनाउन अपिल गरेः
कजाकिस्तानमा तेलको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शनका बेला हिंसा बढेको हो ।
त्यसपछि अमेरिका, बेलायत, फ्रान्सबाहेक संयुक्त राष्ट्रले सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण