यस्तो हुनेछ एमाले महाधिवेशनको स्टेज (भिडियोसहित)
चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा हुन लागेको एमालेको १० औं महाधिवेशनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म मञ्च व्यवस्थापनको काम ७५ प्रतिशत काम सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
नारायणी नदी किनारमा उद्घाटनका लागि मञ्च तथा सौराहास्थित होटल सेभेन स्टार छेउ बन्द सत्रका लागि हल निर्माणको काम सकिन लागेको हो । मञ्च निर्माण तथा व्यवस्थापनका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा.भरत पहाडीको प्राविधिक टिमले सघाइरहेको छ ।
नारायणी नदी किनारमा ४ वटा एलसीडी डिस्प्ले राख्ने काम सुरु भएको छ भने भरतपुर महानगरका विभिन्न २० स्थानमा उद्घाटन सभालाई प्रत्यक्ष रुपमा हेर्न एलसिडी बोर्ड राख्ने तयारी भइरहेको श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
महानगरका विभिन्न स्थानमा जुलुसमा सहभागी हुन आउने व्यक्तिहरुका लागि ती बोर्डहरु राख्न लागिएको हो । यस्तै कार्यक्रमस्थलबाट ठीक पारीको नारायणी किनारमा पनि झन्डै १ लाख सहभागीलाई राख्ने योजना बनाइएको छ । नदी पारी पनि एलसीडी बोर्ड राखिने र त्यहाँसम्म वारीबाट तार कसरी पठाउने भनेर प्राविधिक टोलीले अध्ययन गरिरहेको श्रेष्ठले बताए ।
महाधिवेशन स्थलमा सजावटका कामसमेत थालिएको छ । सभास्थलमा ड्रोन क्यामेराहरू प्रयोग गरिनेछन् । उद्घाटन स्थलका गतिविधि ड्रोनबाट लाइभ गरिनेछ । उद्घाटनको मञ्चमा पनि ठूला ठूला एलइडी टीभी सेट राखिने छ । जसमा मञ्चमा रहेका अतिथिले पनि सबैतिरको दृश्य हेर्न सक्ने व्यवस्था मिलाइने श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
यस्तै, मिडियाहरुलाई क्यामेरा राख्नका लागि मूल मञ्चको समदुरीमा छुट्टै बस्ने व्यवस्था गरिँदै छ । यद्यपि मिडियालाई प्रत्यक्ष प्रशारण गर्न सहजताका लागि एमाले नै ब्यवस्था गरेको क्यामेरा र प्रविधिको सहयोग लिन सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई