शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका काँग्रेस नेता भन्छन्– एमालेलाई धन्यवाद ! चुनाव हामी जित्छौँ

काँग्रेसले चितवनमा एक्लै जित्छ, गठबन्धन गर्नुपर्दैन : कैलाश कोइराला
बुधबार, ०८ मङ्सिर २०७८, ११ : १७
बुधबार, ०८ मङ्सिर २०७८

चितवनमा यतिबेला राजनीतिक सरगर्मी बढेको छ । एमालेले १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागेपछि यसलाई काँग्रेस र माओवादीले पनि अभिरुचीका साथ हेरेका छन् । खासगरी तीनवटा प्रमुख दलहरूको शक्ति सन्तुलनका कारण चितवन राजनीतिक बहसको केन्द्रमा तानिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशनको आयोजना गरेर एमालेले राजनीतिक प्रभाव पार्न खोजेको आशंका व्यक्त गरेका छन् । जवाफमा केपी शर्मा ओलीले माओवादीको महाधिवेशन पनि झापामा गर्न चुनौती दिँदै ‘जिल्ला कसैको पनि आफ्नो नहुने’ बताएका छन् ।

यसैबीच, नेपाली काँग्रेसका नेताले पनि चितवनमा एमालेले महाधिवेशन आयोजना गरेकोमा चासो दिन थालेका छन् । एमाले महाधिवेशनले चितवनमा आर्थिक गतिविधि बढ्ने भन्दै काँग्रेस नेताले एमालेलाई धन्यवाद दिएका छन् । तथापि एमालेको महाधिवेशनले चितवनमा काँग्रेसलाई कुनै असर नपर्ने र आगामी चुनाव काँग्रेसले कसैसँग गठबन्धन नगरी, एक्लै जित्ने सत्तारुढ काँग्रेस नेताको दाबी छ ।

प्रस्तुत छ, यिनै विविध विषयमा नेपाली काँग्रेस चितवन जिल्ला उपसभापति कैलाश कोइरालासँग रातोपाटी संवाददाता शम्भु दंगाल र गणेश दुलालले गरेको कुराकानीको यो सम्पादित अंश :

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा आयोजना गरिएको ? यसमा एमालेले रणनीतिकरुपमा चितवन जिल्ला रोजेको भन्ने कुरा पनि आएको छ । यसप्रति काँग्रेसको धारणा के हो ?

म एमालेलाई धन्यवाद दिन चाहन्छु राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लाग्नु भएकोमा । चितवनमा आर्थिक गतिविधि पनि बढ्ने भयो । शुभकामना दिन चाहन्छु काँग्रेसका तर्फबाट । यहाँ धेरै व्यवसायीहरू डुबेका थिए, अब होटलहरू चल्ने भए, पर्यटन क्षेत्रहरू चल्ने भए । ठूलाठूला होटलमा त्यत्रा मान्छेहरू उपस्थित हुने भए । यसबाट चितवनको अर्थतन्त्र चलायमान हुने भएकाले एमाले पार्टीलाई धेरै धेरै धन्यवाद ।

हामीले २ वटा ठाउँ स्वतन्त्र छोड्नु पर्छ, एउटा घाट र अर्को मन्दिर । यी दुई चिजलाई स्वतन्त्र छोड्नुपर्ने हो । तर, हामी मन्दिरमा पनि प्रवेश गर्न खोज्यौं । राजनीतिको ढोका मन्दिरमा पनि प्रवेश गर्‍यो, यसले केही न केही निम्त्याउँछ । अबका सबै द्वन्द्वहरूको सिर्जना धर्मबाट गर्न खोजिएको देखिन्छ । भोट दिँदा मतदाताले साँच्चिकै धार्मिक मान्छेलाई दिउन् । च्यादर र रुद्राक्ष लगाएको मान्छेलाई नदिउन् ।

चितवनमा यतिबेला विकासको समेत चर्चा छ । यसमा प्रचण्ड र ओलीबीच हानथाप भइरहेको देखिन्छ । प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट खन्याए भन्ने एकातिर छ भने अर्कोतिर एमाले अध्यक्ष ओलीले माडीमा रामको जन्मभूमि पत्ता लगाएर राम, सीता र हनुमानको मूर्ति स्थापना गरे । यसबारे काँग्रेसको बुझाइ के हो ?

यो विकास निर्माणको विषयमा मेरो आफ्नै धारणा छ । विकासको कुरामा पशुपतिनाथलाई मासेर वधशाला बनाएर हुँदैन । विकासका आफ्नै एउटा खाकाहरू छन् । चितवनमा विकासका लागि आफ्नै पुरातात्विक चिजहरू छन् । यी चिजहरूलाई देखेर विकास हुनुपर्छ । केलाई विकास भनिन्छ ? भइरहेको पिचमाथि अलकत्रा हाल्नुलाई विकास भन्ने कि ? विकासको परिभाषा के हो ? सरकार र बजेट व्यवस्था परिवर्तन भए पनि उस्तै शैलीमा खर्च भइरहेको छ । हिजो प्रजातन्त्र आयो, गणतन्त्र आयो, तर हामी पञ्चायत शैलीमा नै छौँ । बजेट प्रक्रिया नै ठीक छैन ।

एउटा बलियो नेताले आफ्नो स्वार्थका लागि कार्यकर्ता पाल्न बजेट छर्ने कुरा ठीक होइन । हामीले यो शैली सुधार्न सकेनौँ । हामी भन्नलाई त भन्छौं, तर त्यही शैलीमा हामी फसेकै हुन्छौं ।

एमाले अध्यक्ष ओलीले माडीमा अयोध्या पत्ता लगाएर राम मन्दिर स्थापना गर्नाले चितवनको पर्यटनमा थप टेवा पुग्छ भन्ने छ नि ? यसलाई चाहिँ कसरी लिनुहुन्छ ?

पर्यटक, धार्मिक पर्यटक आउलान् भन्ने सम्भावना राजनीतिक प्रशिक्षणबाट सञ्चालित होला । धर्मका बारेमा अहिले नपसौँ । देवघाटलाई पनि बद्रीनाथ, केदारनाथ जस्तो बनाउन सकिन्छ । रिसर्च गरेर राम जन्मेको भन्ने कुरा नै नभई त्यसो भन्नु राजनीतिक प्रशिक्षणबाट प्रशिक्षित कुरा हो जस्तो लाग्छ ।

यहाँ धर्मलाई राजनीतिसँग जोडियो । भोट लिनका लागि धर्मको प्रयोग गरियो । मन्दिरको खजाना लुट्न पहेंलो च्यादर ओढेर गएजस्तै धर्मले जनतालाई लुट्न गइयो । धार्मिक मान्छे छन् भनेर धर्मलाई प्रयोग गरियो । धार्मिक सेन्टिमेन्ट लुट्नका लागि गरिएको कुरा हो । यसको प्रभाव के हो ? यसले गर्ने के हो ? यसको वास्तविकता के हो ? भन्ने कुरा नै नभइ राजनीतिक प्रशिक्षणबाट आएको कुरा हो । यो त प्रमाणित भएर आउनु पर्‍यो नि । यसमा त म केही देख्दिनँ । यो भोटका लागि मात्र गरेको जस्तो मलाई लाग्छ ।

हामीले २ वटा ठाउँ स्वतन्त्र छोड्नु पर्छ, एउटा घाट र अर्को मन्दिर । यी दुई चिजलाई स्वतन्त्र छोड्नुपर्ने हो । तर, हामी मन्दिरमा पनि प्रवेश गर्न खोज्यौं । राजनीतिको ढोका मन्दिरमा पनि प्रवेश गर्‍यो, यसले केही न केही निम्त्याउँछ । अबका सबै द्वन्द्वहरूको सिर्जना धर्मबाट गर्न खोजिएको देखिन्छ । भोट दिँदा मतदाताले साँच्चिकै धार्मिक मान्छेलाई दिउन् । च्यादर र रुद्राक्ष लगाएको मान्छेलाई नदिउन् ।

हिजो बीपीले ‘तिमीलाई द्विविधा भयो भने देशको माटो समाउनू’ भनेजस्तै हुनुपर्‍यो । नेपालको राजनीति उही भाषणमा मात्रै हामी सीमित भयौँ । हामीले सधैं हाइपोथेटिकल कुरा गर्‍यौँ । जुन दिनसम्म नेपालको राजनीतिमा दर्शन बस्दैन, त्यो दिनसम्म यस्तै हो । नेताले भनिरहने, जनता ताली पिटिरहने । त्यसलाई रोक्न आफूमै केही आदर्श चेत भएका नेताहरू जन्मिनुपर्छ ।

अब जिल्लाको राजनीतिक सन्तुलनबारे चर्चा गरौं । चितवनमा अहिले नेपाली काँग्रेसको अवस्था कस्तो छ ? अघिल्ला निर्वाचनको परिणाम हेर्दा प्रतिनिधि सभाको एक सिट पनि जित्न सकेको थिएन, अब के हुन्छ ?

चितवनमा काँग्रेसको अवस्था सुध्रिएको छ । पहिले वाम गठबन्धन भएका कारण नजितेका हौँ । चितवनमा पूरै वामपन्थीहरू मिल्दा काँग्रेस दोस्रो स्थानमा भएको हो । अहिले वामपन्थीहरू नमिलेको अवस्थामा हाम्रो स्थिति राम्रो छ ।

जिल्लामा फेरि कम्युनिष्टहरू मिले भने त गाह्रो पर्ला नि ?

काँग्रेस प्रष्टरुपमा आफ्ना एजेण्डा लिएर जनताका माझ जाने हो भने कम्युनिष्टहरू मिल्दा पनि काँग्रेसलाई मत दिने धेरै जनता छन् । जनताको भावना, एजेण्डा र अहिलेका मुद्दाहरूमा काँग्रेस अडिग रहने हो भने काँग्रेसलाई मत दिन जनता तयार छन् ।

काँग्रेसले पनि केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्दैछ । त्यसमाथि पनि काँग्रेसले आफ्नो जिल्लाको अधिवेशन त्यही समयमा तोकेको छ । उहाँहरूले महाधिवेशन चितवनमा गर्नुभयो, यो राम्रो गर्नुभयो । यसका लागि धन्यवाद छ । उहाँहरूले के रणनीतिले महाधिवेशन यहाँ गर्नुभयो, किन गर्नुभयो, त्यो हाम्रो विषय पनि होइन ।

यहाँ सबै ठाउँमा काँग्रेसको राम्रो छ । चितवन काँग्रेसको क्रान्ति भूमि पनि हो । धेरै मान्छेहरूले काँग्रेसमा लागेर प्रजातन्त्रका लागि लडेका थिए । यहाँका सारा मान्छेहरूको भावना समेटेर जाने हो भने काँग्रेसको स्थिति म तीनवटै क्षेत्रमा राम्रो देख्छु ।

चितवनका तीनवटै क्षेत्रमा काँग्रेसको अवस्था राम्रो छ । तर, काँग्रेसभित्रको आफ्ना व्यवस्थापन, काँग्रेससँग जनताको अपेक्षा र राष्ट्रिय राजनीतिमा काँग्रेसले उठाएका आफ्ना मुद्दाहरूमा काँग्रेसले अडान लिए हुन्थ्यो भन्ने कुराहरू छन् । चाहे धर्म, संस्कृति, परम्पराका मुद्दाहरू हुन् । यी कुराहरूलाई ऐतिहासिक पार्टीले अलिकति फरक दृष्टिकोणले, अलिकति परिवर्तनकारीरुपमा लियो भन्ने मलाई लाग्छ ।

अघिल्लो निर्वाचनमा तपाईहरूले सफलता नपाउनुको कारण बाम गठबन्धन हुनु नै हो त ?

मुख्य कारण त्यो पनि हो । तर, अन्य कारणहरू पनि धेरै छन् । ती कुराहरू अहिले नै भन्ने हो भने धेरै लामो हुन्छ । त्यसैले, मुख्य कारण त गठबन्धन नै हो ।

तर, एमालेको महाधिवेशनले चितवनमा उनीहरूको जनमत बढाउँछ भन्छन् नि ? काँग्रेसको भोट त अब घट्ने भयो हैन ?

होइन । हाम्रो भोट घटाउने–नघटाउने भन्दापनि उनीहरूको जनमत लिएर जान पाउँछन् । आफ्नो पार्टीको जनमत बढाउनका लागि आफ्नो एजेण्डा लिएर जानुभयो, जनताले जिताउनुभयो भने त उहाँलाई शुभकामना दिन चाहन्छु । तर, राष्ट्रिय महाधिवेशन गर्ने स्थान तोकेको भरमा मतदाता बढ्छन्, मतदाता प्रभावित हुन्छन् भन्ने छैन । त्यस कुराप्रति काँग्रेसले पनि आफ्नो रणनीति बनाउला ।

एमालेको प्रभाव रोक्न काँग्रेसले चाहिँ के गर्ला ? कस्तो रणनीति बनाउँला ?

राष्ट्रिय महाधिवेशन भएकै कारणले जिल्लाले एउटा रणनीति मात्र बनाएर केही हुँदैन । काँग्रेसले पनि केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्दैछ । त्यसमाथि पनि काँग्रेसले आफ्नो जिल्लाको अधिवेशन त्यही समयमा तोकेको छ । उहाँहरूले महाधिवेशन चितवनमा गर्नुभयो, यो राम्रो गर्नुभयो । यसका लागि धन्यवाद छ । उहाँहरूले के रणनीतिले महाधिवेशन यहाँ गर्नुभयो, किन गर्नुभयो, त्यो हाम्रो विषय पनि होइन ।

एमालेको फुटले चितवनमा कस्तो असर गरेको छ ? यसबाट काँग्रेसलाई कस्तो फाइदा होला ?

यो उहाँहरूको कुरा हो । अहिले काँग्रेसको गठबन्धन सरकार छ । चुनावमा गठबन्धन भएर जाने–नजाने, त्यो काँग्रेसको महाधिवेशनले निर्धारण गर्ला । गठबन्धन गर्ने वा नगर्नेबारे काँग्रेसको कार्यसमितिले निर्णय गर्ला । तर, उहाँहरू सके त मिल्नुस्, तर अर्काको घर फुटको कारणले हामी बलियो भयौं भनेर रमाउनुपर्ने कारण छैन ।

स्थानीय स्तरमा गठबन्धन गर्नुपरेछ भने त्यसमा एउटा कमिटी बनाएर कोसँग गर्न हुन्छ, हुन्न भनेर हेर्नुपर्छ । चुनावमा जाने कुरामा आफुसँग नपुग्दा गठबन्धन गर्ने हो नि त । काँग्रेस एकल जाँदा जित्न सक्छ भने काँग्रेस एकल जानुपर्छ । काँग्रेस एकल लडेको पार्टी हो । एकलरुपमा नै आफ्ना एजेण्डा अघि बढाउँदा राम्रो हुन्छ ।

हामी आफ्नै एजेण्डा लिएर जानुपर्छ । एमाले फुटको केही प्रभाव पर्ला । समाज हो, पार्टी हो, त्यहाँभित्र योभन्दा यो ठीक भन्ने कुरामा जाला । तर, उहाँहरूको पार्टी संगठन फुटेको छ, योबेला म खप्लक्क खाइहाल्छु भन्ने भन्दा पनि काँग्रेसले आफ्नो एजेण्डा, संगठन, मूल्य र मान्यताहरूलाई स्थापित गरेर लड्ने हो । अरुको घर फुटेर म बलियो छु भन्ने मानसिकताबाट काँग्रेस पीडित हुनुहुँदैन ।

केन्द्रीय स्तरमा काँग्रेस–माओवादी लगायतको गठबन्धन बनेको छ । जिल्लामा पनि गठबन्धन दलसँग सहकार्य गरेर जानुभएको छ कि ?

सहकार्य भन्ने कुरा बैठकहरूमा भइरहेको छ । सर्वदलीय बैठकहरू पनि भएकै छन् । तर, जिल्लामा खासै ठूलो सहकार्य भन्ने चाँहि छैन ।

विगतमा पनि काँग्रेसले माओवादीसँग सहकार्य गरेको थियो । पछि फेरि सहकार्य भाँडियो । अहिले फेरि माओवादीसँग गठबन्धन बनेको छ । चितवन जिल्लामा चाहिँ काँग्रेस र माओवादीको सम्बन्ध कस्तो छ अहिले ?

माओवादीले एमालेसँग मिलेर पुनः विभाजन भएपछि अहिले काँग्रेससँग मिलेको अवस्था हो । अहिले काँग्रेस र माओवादीसहितको गठबन्धनको सरकार बनेको छ । विगतमा स्थानीय तहको निर्वाचनमा चितवनमा एकठाउँ (भरतपुर महानगरपालिका) मा मात्र माओवादीसँग गठबन्धन भएको हो । भरतपुरमा मेयर माओवादी र उपमेयर काँग्रेसको हुने गरी गठबन्धन भएको थियो । त्यसपछि माओवादीसँग कहाँ गठबन्धन बनेको छ र ?

एउटा क्षेत्र (चितवन ३) मा राप्रपासँंग हाम्रो गठबन्धन बनेको हो । प्रचण्ड त एमालेसँगको गठबन्धनमा चुनाव लडेका थिए । त्योबेला हाम्रा उम्मेदवार विक्रम पाण्डे थिए ।


राजनीतिमा गठबन्धन हुन्छ । तर, त्यसबारे पार्टीले समयमा भन्नुपर्‍यो । अन्तिम समयमा गठबन्धन गर्नुभन्दा अगाडि नै यसबारे स्पष्ट पारियो भने हरेक कुरामा इमान्दारीता रहन्छ । स्थानीय स्तरमा अहिले गठबन्धन गर्नुहुन्न भन्ने एउटा माहोल छ । तर, त्यसले मात्र निर्धारण गर्छजस्तो लाग्दैन । किनभने, मान्छेहरू अहिले एउटा कुरा भन्छन् तर पछि आफूले पद पाएपछि त्यही कुरालाई ठीक हो भन्न थाल्छन् । त्यसैले एजेण्डासहित के कारणले गठबन्धन गर्नुपर्‍यो त ? किन गर्नुपर्‍यो त ? त्यसको प्रष्ट खाका तयार पारेर गर्नुपर्छ । यो केन्द्रीय समितिले गर्ने कुरा हो । यहाँको स्थानीय स्तरमा भनेर हुन्न ।

स्थानीय स्तरमा गठबन्धन गर्नुपरेछ भने त्यसमा एउटा कमिटी बनाएर कोसँग गर्न हुन्छ, हुन्न भनेर हेर्नुपर्छ । चुनावमा जाने कुरामा आफुसँग नपुग्दा गठबन्धन गर्ने हो नि त । काँग्रेस एकल जाँदा जित्न सक्छ भने काँग्रेस एकल जानुपर्छ । काँग्रेस एकल लडेको पार्टी हो । एकलरुपमा नै आफ्ना एजेण्डा अघि बढाउँदा राम्रो हुन्छ ।

काँग्रेस जन्मिँदै दुईवटा गुट भएर जन्मिएको हो, जन्मिँदै जुम्ल्याहा जन्मेको जस्ता कुराहरू गरिन्छ, दाजुभाइ भनेको प्राकृतिक शत्रु हुन् भनिन्छ । तर, सुरुदेखि नै दुई गुट र विचार भएर पनि मिलेको, एकताबाट आएको पार्टी हो काँग्रेस ।

निकट भविष्यमा नै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । चितवनमा काँग्रेस गठबन्धनमा जान्छ कि ‘सिङ्गल–सिङ्गल’ भिड्छ ? के छ अहिलेको अवस्था ?

अहिले हाम्रो पार्टीको जिल्ला अधिवेशन हुँदैछ । म पनि सभापतिको उम्मेदवार भएका कारणले जनता र कार्यकर्ताको भावना बुझेर मात्र यसबारे निर्णय गर्ने कुरा हुन्छ । तर, चितवनको कुराले मात्रै गठबन्धन निर्धारण हुन्छजस्तो मलाई लाग्दैन ।

राष्ट्रिय राजनीतिमा गठबन्धन भएर जाने हो भने चारैतिर विद्रोही भएर हिँड्ने कुरा मात्र रहन्छ होला । त्यसकारण गठबन्धन भए नेपालभरि नै गठबन्धन बन्छ होला । नेपालभर गठबन्धन नहुने, चितवनमा मात्रै हुने भन्ने पनि छैन । २०४८ सालको आम निर्वाचनमा नेपालभरि वामपन्थीहरू मिलेका थिएनन् । तर, एक बाम एक ठाम भन्दै वामपन्थीहरूको मिलेको ठाउँ चितवन मात्र हो । यहाँ मात्र वामपन्थी एकता भएको ठाउँ हो ।

मैले अघि नै भनेँ कि यहाँ काँग्रेस एकल लड्नुपर्छ । यहाँको कार्यकर्ताको भावना बुझेर त्यसको प्रतिनिधित्व म गर्न सक्छु । यो कुरा माथि गएर भन्ने हो ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी उम्मेदवार हुन् । उनलाई चुनाव जित्न गाह्रो छ कि सजिलो ? काँग्रेसका केही नेताले माओवादीलाई भोट दिन सकिँदैन, केन्द्रमा गठबन्धन भए पनि हामी प्रचण्डलाई मान्दैनौं भनिरहेको अवस्था हो ? गठबन्धन बन्यो भने यहाँको काँग्रेसले प्रचण्डलाई भोट हाल्छ कि हाल्दैन ?

काँग्रेस गठबन्धन बनाएर चुनावमा गयो भने मान्दिनँ भनेर कसले भनेको छ र ? बाहिर भनेर, चिच्याएर त भएन । त्योतिर म जान चाहन्नँ । भोलि के थाहा छ र ? चुनावका बेला फेरि एमालेसँगै कम्युनिष्टहरूको गठबन्धन हुन्छ कि ? सम्भावना त जे पनि हुन्छ नि राजनीतिमा ।

प्रचण्डको समस्या छ भनेर काँग्रेसले टिकट नदिए हुन्थ्यो भनेर माहौल सिर्जना गर्न आवश्यक छैन, काँग्रेसले एकल उम्मेदवार दिए भैहाल्छ । आफू बलियो छ भने कसले गठबन्धन बनाउँछ र ? आफू नै जितेर जान्छु भन्ने छ भने कसैले गठबन्धन गर भन्ने बाध्यता त छैन नि ।

अर्को कुरा, काँग्रेस एकल शक्तिमा लडेर कसलाई टिकट दिने भन्ने कुरा केन्द्रीय नेतृत्वले बुझ्नुपर्छ । जिल्लाले टिकट दिने होइन, त्यसैले यहाँबाट गठबन्धन गर वा नगर भन्न मिल्दैन ।

काँग्रेसभित्रको गुट–उपगुटका कारणले पनि चुनावमा समस्या पर्ने र अन्तर्घात हुने विगतको अनुभवले देखाउँछ । त्यसकारण पनि काँग्रेसले गठबन्धन बनाउनुपर्ने हो कि ? चितवनमा पनि गुटको राजनीति बलियो छ...

त्यो त फजुल कुरा भयो । काँग्रेस जन्मिँदै दुईवटा गुट भएर जन्मिएको हो, जन्मिँदै जुम्ल्याहा जन्मेको जस्ता कुराहरू गरिन्छ, दाजुभाइ भनेको प्राकृतिक शत्रु हुन् भनिन्छ । तर, सुरुदेखि नै दुई गुट र विचार भएर पनि मिलेको, एकताबाट आएको पार्टी हो काँग्रेस । काँग्रेसले आफ्नो गुट, विचारको व्यवस्थापन नगर्ने अनि अर्को पार्टीसँग एलाइन्स गर भन्ने भनेको त आफ्नो घरभित्रकै मान्छेलाई मास्नका लागि कोतपर्व मच्याउनका लागि त्यसको संगठनको नेतृत्व लिएर अर्को पार्टीसँग मिल्ने भनेजस्तो भयो ।

आफ्नो व्यवस्थापन नगरेर अर्को पार्टीसँग एलाइन्स गर्ने त ? कुन पार्टीसँग गुट छैन ? अहिले दलीय व्यवस्थाभन्दा पनि गुट नै गुटको व्यवस्था हो । राजनीतिक गिरोह नै गिरोहको व्यवस्था हो । त्यसैले यसलाई दलीय व्यवस्थामा परिणत गर्नुपर्छ । दलीय व्यवस्था भनेको नेता पनि व्यवहारिक बन्नुपर्‍यो, इमान्दार हुनुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप