शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चंकी पाण्डेकी नायिका छोरीसँग एनसीबीले आज पनि सोधपुछ गर्ने

शुक्रबार, ०५ कात्तिक २०७८, १० : २५
शुक्रबार, ०५ कात्तिक २०७८

मुम्बई क्रुज ड्रग्स केसमा जाँचको आँच बढेर अब नायिका अनन्या पाण्डेसम्म  पुगेको छ । बिहिबार उनलाई सवा दुई घण्टा सोधपुछपछि एनसीबीले उनलाई आज बिहान ११ बजे पुनः बोलाएको छ । अनन्या बिहिबार तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बेलुकी ४ बजे एनसीबी अफिस पुगेकी थिइन् र करिब ६ बजेर १५ मिनेटमा आफ्ना पिता चंकी पाण्डे र वकिलसँग एनसीबीको कार्यालयबाट बाहिर निस्किएकी थिइन् ।

अनन्यासँग आज आर्यनसँगको ह्वाट्सएप च्याट देखाएर प्रश्न सोध्न सकिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । एनसीबी आर्यन खान र अनन्या पाण्डेको च्याटको अनुसन्धान गरिरहेको छ । उनीहरुका विद्युतीय उपकरण पनि जफत गरिएका छन् । स्मरण रहोस्, एनसीबीले बिहिनबार मुम्बईको बान्द्रा इलाकास्थित अनन्या पाण्डेको घरमा छापामारी गरेको थियो । उक्त छापामारी अनन्याको पाली हिलमा अवस्थित फ्ल्याटमा गरिएको थियो । छापा पछि अनन्यालाई सोधपुछका लागि बोलाइएको थियो । एनसीबीका अधिकारीले उनीहरुको घरबाट एउटा ल्यापटप, फोन र अन्य विद्युतीय उपकरण जफत गरेका थिए ।

 


अनन्यासँग बिहिबार महिला अधिकारीको उपस्थितिमा सोधपुछ गरियो । यतिबेला अधिकारीले उनीबाट जेलमा बन्द आर्यन खान र यो केससँग जोडिएका धेरैभन्दा धेरै जानकारी जम्मा गर्ने कोसिस गरे । अनन्याका लागि प्रश्नका सूची नै तयार गरिएको थियो । एनसीबी अधिकारी समीर वानखेडेले पनि उनलाई सोधपुछ गरिरहेका थिए ।

अनन्या मात्रै होइन थुप्रै स्टार किड एनसीबीको रडारमाः

एनसीबीको स्रोत अनुसार आर्यन खानसँग सम्पर्कमा रहने  एक ठूला निर्माताकी छोरी, एक नायकका भतिजा, एक ठूला अभिनेताकी छोरी र एक ठूला अभिनेत्रीकी बहिनी पनि एनसीबीको रडारमा छन् । आर्यनले उनीसँग पनि च्याट गरेका थिए । यद्यपि, आर्यनले उनीहरुसँग ड्रग्सको विषयमा कुराकानी गरेका थिए नै भनेर स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । एनसीबीको रडारमा परेका एकजनाले त भारत छोडिसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप