आर्यनसँग ड्रग्सबारे कुरा गरेको भेटिएपछि नायिका अनन्या पाण्डेलाई एनसीबीको निशानामा
नारकोटिक्स कन्ट्रोल ब्यूरोले बिहिबार शाहरुख खान र अनन्या पाण्डेको घरमा छापामारी गरेको छ । एनसीबीले बिहिबार अपरान्ह २ बजे अनन्यालाई सोधपुछका लागि बोलाएको छ । शाहरुख अघि एनसीबी अनन्याको घरमा छापामारीका लागि पुगेको थियो । अनन्याको घर मुम्बईको बान्द्रामा छ । स्मरण रहोस्, अनन्या पाण्डे बलिउड नायक चंकी पाण्डेकी छोरी हुन् ।
रिपोर्टका अनुसार छापामारीका क्रममा शाहरुख घरमा नै थिए । बुधबार ड्रग्स केसमा याचिका खारेज भएपछि जेलमा बन्द आर्यन खानलाई भेट्न उनका पिता शाहरुख खान मुम्बईको आर्थर रोड जेल पुगेको थिए । बुवा–छोराबीच करिब १८ मिनेटसम्म भेटघाट भयो । यद्यपि, जेल प्रशासनको नियम अनुसार कुनै पनि कैदीलाई १० मिनेट मात्रै भेट्न सकिन्छ ।
रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदो नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनी यी नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण