शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ड्रग्स केसमा बलिउड नायिका अनन्या पाण्डेको घरमा एनसीबीको छापा

बिहीबार, ०४ कात्तिक २०७८, १२ : ५९
बिहीबार, ०४ कात्तिक २०७८

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ ।

रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका केही च्याटमा उनले नायिकासँग ड्रग्सको विषयमा चर्चा गरिरहेको भेटिएका छन् ।

एनसीबीले यसलाई प्रमाणको रुपमा अदालतमा पेशसमेत गरेको छ । क्रुज पार्टीमा अनन्या पनि समावेश भएको र एनसीबीले सुरुमा नै उनलाई त्यहाँबाट जान दिएको भारतीय सञ्चार माध्यमले रिपोर्ट प्रकाशित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप