एमाले महाधिवेशनको स्थान परिवर्तन, बुटवलको साटो चितवनमा गर्ने निर्णय
नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।
बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले रातोपाटीलाई जानकारी दिए । साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।
यसैबीच दसौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरिएको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
-
मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
-
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
-
मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढायो
-
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
-
डिजिटल मधेस दशक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


