दश बुँदे राष्ट्रव्यापी बनाउनुपर्ने विषय नै होइन : प्रदीप ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनलाई लिएर राष्ट्रव्यापी चर्चाको विषय बनाइरहनुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारले १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे सोधेको प्रश्नमा प्रवक्ता ज्ञवालीले १० धेरै ठाउँमा कार्यान्वयन भइसकेको भन्दै केही ठाउँका सवालमा छलफल गरेर टुंग्याइने बताए ।
‘यसलाई अब राष्ट्रव्यापी रुपमा चर्चाको विषय बनाइरहनुपर्ने अवस्था छैन । किनभने यो अधिकांश ठाउँमा कार्यन्वयन भएर परिणाम जे ल्याउनु थियो ल्याइसक्यो । केही ठाउँमा कार्यन्वयन समस्या छ, हामी त्यहाँ केन्द्रीत भएर छलफल गर्छौ, मलाई लाग्छ भोलिको बैठकले धेरै कुरा टुंग्याउँछ,’ ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले १० बुँदे कार्यान्वयनमा समस्या देखिएका ठाउँमा सुझाव दिन बनेको कार्यदलको बैठकले शुक्रबारको बैठकमा सुझाव पेश गर्ने भन्दै अधिकांश कमिटीहरु जेठ २ मा फर्किइसकेको र सिंगो पार्टीले लय लिइसकेको दावी गरे । उनले केही ठाउँमा स्थानीय अन्तरविरोध रहेका ठाउँको पनि समस्या हल हुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण