मुख्यमन्त्रीमा प्रस्तावित पाण्डेले भने– अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो
नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको पनि स्मरण गराए ।
संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्रीले किन अझै अल्पमतका बाबजुद सत्तामा टाँसिएर बस्न मन गरेको होला भन्ने प्रश्नसमेत उनले गरे ।
मुख्यमन्त्री शाक्यले प्रतिगमनकारीकै पक्षमा उभिएर मुख्यमन्त्रीको भूमिका निर्वाह गरिरहेको भन्दै उनले आफूहरु पनि प्रतिगमनकै पक्षमा रहेको भए मुख्यमन्त्रीलाई विश्वासको मत दिइन्थ्यो तर आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रस्ट पारे । उनले भने, ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो ।’
आफूहरुले नै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर शाक्यलाई प्रस्तावित मुख्यमन्त्रीका रुपमा अघि सारेको स्मरण गराउँदै पाण्डेले भने, ‘अहिले मुख्यमन्त्री शाक्य नै डोरमणि पौडेलको सरकारले गरेको उपलब्धि सुनाउँदै हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?