काँग्रेस संसदीय दलका नेता बानियाँको प्रश्न : दुई–पाँच दिन सत्ता लम्ब्याएर के हुन्छ ?
नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले प्रदेशसभाको बैठक लम्ब्याएर दुई-पाँच दिन सत्ताको आयु लम्ब्याएर के हुन्छ भन्ने प्रश्न गरेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बिहीबार भाग लिँदै उनले आफूहरुले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको बताए । उनले आगामी निर्वाचनसम्म नै यो गठबन्धन जारी रहने पनि बताए । उनले प्रदेश सरकारले धेरै भ्रमको खेती गरेको र कागजमा मात्र विकासको खाका देखाउने गरेको बताए ।
उनले भने, ‘प्रदेशको गौरवको योजना सुरुङ मार्ग कता गयो ? कागजमा के के मुक्त भयो के के भयो ! कति गरिबले खरको छाना हटाएर जस्ता पाता हाले ? लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने ?’
उनले जनतालाई खुशी कागजमा होइन, व्यवहारमा ल्याउनु पर्ने बताए । त्यो काम अब आफूहरुको सरकारले गर्ने पनि उनले बताए । उनले मुख्यमन्त्री शाक्यले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने धारणासमेत राखे । उनले भने, ‘गठबन्धनको पक्षमा ५९ जना सांसद पुगिसकेको छ, यो कुरा थाहा हुँदा हुँदै धेरै अलमल नगर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण