प्रदेशसभामा मुख्यमन्त्री शाक्यले सुनाइन् दुई महिने कार्यकालको उपलब्धि
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नेतृत्वको सरकारले दुई महिना दुई दिन पूरा गरेको भन्दै प्रमुख उपलब्धि सुनाएकी छन् । बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो नेतृत्वको सरकारले छोटो समयमै धेरै उपलब्धि हासिल गरेको दाबी गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरेका, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उल्लेख गरिन् । उनले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढीपहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि बताइन् ।
प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा बागमती प्रदेश स्थापित भएको उनको दाबी छ । उनले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताइन् ।
उनले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पारिन् । आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण