दसैँ खान्की : मासुलाई ट्वीस्ट दिएर यसरी बनाउनुहोस् मिठा परिकार (भिडियो)

दसैँ खुसी, हर्षोल्लास र उमंगको चाड हो । दसैँमा विशेषगरी मिठो परिकारमा जोड दिइन्छ । तर मीठा परिकार कसरी पकाउने त ? यसबारे धेरैलाई थाहा नहुन सक्छ । यहाँ आज हामी तपाईंलाई दसैँमा घर–घरमा पाक्ने खानेकुरालाई थोरै ट्वीस्ट दिँदा के–कस्ता खाना बन्छन्, त्यसबारे सेफ सन्तोष सुवेदी केसीले जानकारी दिएका छन् ।
१. साबाले (साक्पो)
यो एक तिब्बती परिकार हो । तिब्बतमा साक्पो बनाउन गौमांश प्रयोग गर्छन् तर हामीले यहाँ खसी वा कुखुराको मासु प्रयोग गर्न सक्छौं ।
चाहिने सामग्रीः
फिलिङ
मसिना टुक्रा पारिएका पाकेको मासु – ५०० ग्राम
मसिनो गरेर काटिएको प्याज – एउटा (ठूलो)
मसिनो पारेर काटिएको हरियो प्याज – सिङ्गो दुईवटा
मसिनो पारेर काटिएको हरियो खुर्सानी – दुईवटा
अदुवा, लसुनको पेस्ट – एक चिया चम्चा
तेल – एक चिया चम्चा
सोय सस – तीन चिया चम्चा
मोःमो मसाला – एक चिया चम्चा
नुन – स्वाद अनुसार
मरिचको धुलो – आधा चिया चम्चा
मैदाको पिठो, नुन, तेल र पानी हालेर पिठो मुछ्ने
गोलभेडाको अचार साल्साः
गोलभेडाको अचार
मसिनो गरेर काटिएको गोलभेडा
मसिनो गरेर काटिएको लसुन
मसिनो गरी काटिएको हरियो खुर्सानी
मसिनो गरी काटिएको प्याज
मसिनो गरी काटिएका धनियाँ
नोटः तपाईंहरुले पिठोभित्र जे पनि राख्न सक्नुहुन्छ र यसलाई आफूलाई मनपर्ने तरिकाले पकाउन पनि सक्नुहुन्छ ।
पकाउने विधि (भिडियो):
२. चिकन छोयला –यापः
छोयला नेवारी समुदायको निकै चर्चित परिकार हो । हामी सबैलाई छोयला बनाउने कुनै न कुनै तरिका आउँछ ।
ससः
मायोनेस–१०० ग्राम
साना टुक्रा पारेर काटिएका लसुन – १ चिया चम्चा
खुर्सानीको धुलो – १ चिया चम्चा
कागतीको रस – आधा कागती
नुन – स्वाद अनुसार
फिलिङ्क्स
छोयला, प्याज, हरियो खुर्सानी, गोलभेडा, खुर्सानी लसुन मायोनेज र रोटी ।
पकाउने विधि (भिडियो):
नोटः यहाँ तपाईंलाई जे मनपर्छ, त्यो हाल्न सक्नुहुनेछ ।
३. चिकेन एम्पानाडाजः
दसैँमा हामी सबैको घरमा कुखुरा वा खसीको मासु बाँकी भएकै हुन्छन् । यो बाँकी भएका मासुलाई तपाईंले केही भिन्न तरिका अपनाएर छुट्टै स्वादका लागि पस्कन सक्नुहुन्छ ।
चाहिने सामग्रीः
पकाएको कुखुरा वा खसीको मासु
गोलभेडाको अचार
यसमा तपाईंलाई आफूलाई जे मनपर्छ, त्यो मिसाउन सक्नुहुन्छ । भिडियोमा देखाए झैं पकाएर खान सक्नुहुन्छ ।
पकाउने विधि (भिडियो):
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई