बाजेको सेकुवा स्टाइलमा घरमै बनाउनुहोस् नली कबाब र मटन चप (भिडियोसहित)
हर्षोल्लासको चाड हो दसैँ । दसैँ शब्द आफैंमा खुसीको पर्यायवाची नै बनिसकेको छ । साथीभाइ, आफन्तसँगको जमघट, खानपिन, रमाइलो यही नै हो दसैँ ।
मांसाहारीका लागि दसैँको मुख्य ‘चार्म’ भनेको मासु नै हो । घरमै खसी काटिने भएकाले मानिसहरुसँग मासुका विभिन्न परिकार बनाएर खाने अवसर जुट्ने गर्छ । दसैँका बेला धेरैले मासुका परिकारसँग ‘एक्सपेरिमेन्ट’ पनि गर्छन् जुन कहिलेकाँही राम्रो र मिठो बन्छतर कहिलेकाँही यतिसम्म बिग्रन्छ कि परिकार नै फाल्नुपर्ने स्थिती सृजना हुन्छ ।
खाना मिठो बनाउन ‘टिप्स एण्ड ट्रिक्स’ पनि चाहिन्छ । रातोपाटीले यसपटकको दसैँमा भिन्न शैलीको मासुका परिकार बनाउने विधि थाहा पाउनका लागि बाजेको सेकुवासँग सम्पर्क गरेको छ ।
बाजेको सेकुवा अन्तर्राष्ट्रिय स्तरमा पनि निश्चित परिकारका लागि ख्याती कमाउन सफल नेपालको विशिष्ट ब्राण्ड हो ।

यहाँका हेड सेफ मोहनप्रसाद रिजालले नली कबाब र मटन चप बनाउने विधि सिकाएका छन् ।
डिसः नली कबाब
पाक्ने समयः आधा घण्टा

चाहिने सामग्रीः
– अदुवा लसुनको पेस्ट
– जिराको धुलो
– नुन
– बेसार
– करी मसला
– गरम मसला
– मरिचको धुलो
– रोग्नी मिर्च
– तोरीको तेल
– सादा दही
– कस्तुरी मेथी
– काटेको हरियो धनियाँ
– खसीको नलीको भाग (आधा किलो)
बनाउने विधिः
– खसीको नलीको भागमा एक चम्चा अदुवा लसुनको पेस्ट, तीन चम्चा दही, दुई चम्चा तेल, गरम मसला आधा चम्चा, जिराको धुलो दुई चम्चा, नुन एक चम्चा, मरिचको धुलो आधा चिया चम्चा, कस्तुरी मेथी आधा चिया चम्चा, बेसार एक चम्चा, बाजेको करी मसला एक चिया चम्चा, बाजेको रोग्नी मिर्च एक चिया चम्चा, बाजेको एक चिया चम्चा मिट मसला हालेर राम्रोसँग मोल्ने ।
– मेरियनेट गरेर १५÷२० मिनेटसम्म यत्तिकै राख्ने
– त्यसपछि कसौँडी तताउने र चार चिया चम्चा तेल हाल्ने ।
– मेरियनेट गरेको नलीलाई तातो तेलमा हाल्ने र त्यसलाई आधा लिटर तातो पानी राखिएको भाँडाले छोप्ने ।
– पाँच पाँच मिनेटमा मासु चलाइरहने र प्रत्येक पटक चलाउँदा माथि छोपेको पानीलाई एक एक डाडु गरेर हाल्ने ।
यही प्रक्रिया आधा घण्टासम्म दोहोराएपछि नली कबाब तयार हुन्छ ।
डिसः मटन चप

चाहिने सामग्रीः
– अदुवा लसुनको पेस्ट
– जिराको धुलो
– नुन
– बेसार
– करी मसला
– गरम मसला
– मरिचको धुलो
– रोग्नी मिर्च
– तोरीको तेल
– सादा दही
– कस्तुरी मेथी
– काटेको हरियो धनियाँ
बनाउने विधिः
सबैभन्दा पहिले मासु मेरियनेट गर्ने । मेरियनेट गर्नका लागि आधा किलो मासुमा एक चिया चम्चा नुन, एक चिया चम्चा करी मसला, रोग्नी मिर्च आधा चिया चम्चा, मिट मसला एक चिया चम्चा, बेसार एक चिया चम्चा, मरिचको धुलो एक चिया चम्चा, जिराको धुलो एक चिया चम्चा, गरम मसला आधा चिया चम्चा, अदुवा लसुनको पेस्ट एक चिया चम्चा, तोरीको तेल दुई चम्चा र दही एक चिया चम्चा हालेर मज्जाले मोल्ने । पाँच मिनेट जति मोलेर यसलाई ग्रिल गर्ने ।
– तावा तताउने र यसमा तीन चिया चम्चा तेल हाल्ने । तेल तातेपछि मासुलाई मिलाएर राख्ने ।
– मसिनो आँचमा यो पकाउने र पाँच मिनेट भएपछि फर्काउने । पाँच मिनेट भएपछि पुनः मासु फर्काउने र पाँच मिनेटका लागि छोपिदिने । त्यसपछि चलाउने र पुनः पाँच मिनेटका लागि छोड्ने ।
१० मिनेट भएपछि त्यसमा दुई चम्चा बटर हाल्ने । त्यसपछि पुनः मासु फर्काउने र पाँच मिनेट छोपेर पकाएपछि मटन चप तयार हुन्छ ।
निकाल्नुअघि काटेको धनियाँ धेरै हालेर चलाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

