शाकाहारीको दसैँः यसरी बनाउनुहोस् मसरुम करी र पनिर साँधेको
‘मासुबिनाको दसैँ पनि के दसैँ ?’ भन्नेहरुको नेपाली समाजमा बाहुल्यता छ । दसैँलाई मासु र मदिराको चाड पनि भनिन्छ तर यो यतिमा मात्रै सिमित भने छैन । दसैँमा मासु र मदिरा हातसमेत नलगाउनेको पनि ठूलो जमात छ । यही जमातलाई सम्बोधन गर्दै दसैँमा अरु दिनभन्दा भिन्न परिकार कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यसहित हामी काठमाडौँको ठमेलस्थित, त्रिदेवी मार्गमा रहेको फेयरफिल्ड बाई म्यारियोट गयौँ । त्यहाँ हामीलाई हेड सेफ सन्तोष सुवेदी केसीले शाकाहारी खानामा मसरुम करी र पनिर साँधेको बनाएर देखाएका छन् ।

यसअघिको दसैँमा सेफ सन्तोषले हामीलाई मासुका विभिन्न परिकार बनाउने विधि सिकाएका थिए । तर यसपटक भने साकाहारीलाई लक्षित गर्दै उनले दुईवटा डिश तयार गरेका छन् ।
डिसः मसरुम करी

चाहिने सामग्रीः
तोरीको तेल, मेथी, प्याज, अदुवा, लसुन, हरियो खुर्सानी
बनाउने विधिः
प्यानमा तेल तताउनुहोस् र मेथी हाल्नुहोस् । मेथी कालो भएपछि प्याज, लसुन, अदुवा र हरियो खुर्सानी हालेर खैरो हुञ्जेलसम्म चलाउनुहोस् । त्यसपछि हाल्नुहोस्ः
च्याउ । च्याउबाट पानी आउने भएकोले पानी नसुकेसम्म चलाइरहनुहोस् ।
त्यसपछि हाल्नुहोस् गोलभेँडा । गोलभेँडालाई राम्रोसँग पाक्न दिनुहोस् । त्यसपछि हाल्नुहोस्ः
जिराको धुलो
धनियाँको धुलो
रातो खुर्सानीको धुलो
क्रिम (यसको साटो सादा दही पनि हाल्नसक्नुहुन्छ)
यी मसलालाई राम्रोसँग पाक्न दिनुहोस् र हाल्नुहोस्ः
नुन
टिम्मुरको धुलो
अन्तिममा हाल्नुहोस्ः
हरियो प्याज र एक मिनेट पकाएपछि मसरुम करी तयार हुन्छ ।
डिसः पनिर पापड साँधेकोः

पनिरलाई फिंगर स्टाइल वा आफूलाई मन पर्ने सेपमा काट्नुहोस्
पापडलाई ब्रेड क्रम्बको रुपमा प्रयोग गर्नुहोस्
चनाको पिठोको ब्याटर बनाउनुहोस्
पनिरलाई चनाको पिठोको ब्याटरमा कोट गर्नुहोस् र पापडको धुलोमा राख्नुहोस् । पनिरमा सबैतिर पापडको धुलो लागेपछि डिप फ्राइ गर्नुहोस् र यत्तिकै राख्नुहोस् । त्यसपछि तयार गर्नुहोस्ः
काटेको प्याज
हरियो प्याज
हरियो खुर्सानी
धनियाँ
कागतीको रस
त्यसपछि पोलेका गोलभेँडामा नुन र टिम्मुर हालेर अचार बनाउनुहोस्
त्यसपछि यी सामग्री पनिरमा हाल्नुहोस् र मेथी राखेको तोरीको तेलले झान्नुहोस् । मेथी डढेर कालो भएपछि पनिरमा हाल्नुअघि तेललाई ग्यासबाट निकालेर बेसार पनि हाल्नुहोस् । त्यसपछि पनिर नभाँच्चिने गरी मोल्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


