प्रियंका– आयुष्मानकी छोरीको इन्स्टाग्राम फलोअरको चर्चा व्यापक

नायिका प्रियंका कार्की तथा आयुष्मान देशराज श्रेष्ठ जोशीकी छोरी आयाङ्का कार्की जोशी हाल चर्चाको केन्द्रमा छिन् । प्रियंकाले असोज ६ गते छोरी आयाङ्कालाई जन्म दिएकी हुन् । प्रियंका धेरैजसो चर्चामा आइरहन्छिन् । उनी गर्भवती भएपछि उनको चर्चा थप चुलियो । थुप्रै विवाद पनि निम्तिए । मानिसहरु दुई धारमा बाँडिए । कतिले प्रियंकाको समर्थन गरे त कतिले भन्नसम्म भने ।
अब प्रियंकाकी छोरीको विषयमा पनि मानिसहरुको धेरै नै चासो छ । यो कुरा उनको इन्स्टाग्राम अकाउन्टले पनि पुष्टि गर्छ । प्रियंका र आयुष्मानले छोरी आयाङ्काको इन्स्टाग्राम अकाउन्ट पनि बनाए । तर अकाउन्ट बनाएको दुई दिन नबित्दै उनका फलोअर्स २० हजारको हाराहारीमा छ । उनको यो इन्स्टाग्राम अकाउन्टमा हालसम्म ७ वटा तस्बिर पोस्ट भएका छन् जसमा उनले हजुरबुवा, हजुरआमासँग पहिलो पटक भेटेका तस्बिर समावेश छन् ।
आयाङ्काको इन्स्टाग्राम फलोअर्सबारे सोसल मिडियामा पनि चर्चा छ । उनको फोटोको कमेन्टमा नै पनि धेरै फलोअरबारे मानिसले कुराकानी गरिरहेका छन् । एकजना प्रयोगकर्ताले लेखेकी छिन्, ‘मेरो दुई वर्षसम्म पनि यत्रो फलोअर्स पुग्या छैन । नानु जन्मेको ४ चार घण्टामा नै ?’ यस्तै, सामाजिक सञ्जालमा आयाङ्काको फलोअर्ससँग नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका फलोअर्ससँग पनि तुलना गरिएको छ । यो खबर तयार पार्दासम्म आयाङ्काका १९.७ हजार फलोअर्स छन् भने ज्ञानेन्द्र मल्लका १४.८ हजार फलोअर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’