ad

प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

person explore access_timeअसार २१, २०७८ chat_bubble_outline0

अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ ।
पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।


अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।



म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।
सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’








 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।