गर्भावस्थाको समयलाई उत्सवको रुपमा मनाउनु पर्छ : प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ ।
पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गरिरहन्छिन् ।
हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् । तस्विरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् ।
तर जति नै आलोचना खेप्नु परेपनि उनले विभिन्न बेबीबम्प तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न भने छोडेकी छैनन् । बरु आमा बन्न लागेको क्षणलाई भरपूर इन्जोय गरिरहेकी उनले बताउँदै आएकी छन् ।
छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्काे प्लान गर्ने बताएकी छन् । हालै एक टेलिजिन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले यो विचार राखेकी हुन् । महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताएकी छन् ।
‘कुनैपनि महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने होइन । सेलिब्रेट गरेमा गाली र आलोचना दिन हुदैन’ उनले कार्यक्रममा भनेकी छन् ।
उक्त कार्यक्रममा प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीको साथ पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो