गर्भावस्थाको समयलाई उत्सवको रुपमा मनाउनु पर्छ : प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ ।
पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गरिरहन्छिन् ।
हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् । तस्विरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् ।
तर जति नै आलोचना खेप्नु परेपनि उनले विभिन्न बेबीबम्प तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न भने छोडेकी छैनन् । बरु आमा बन्न लागेको क्षणलाई भरपूर इन्जोय गरिरहेकी उनले बताउँदै आएकी छन् ।
छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्काे प्लान गर्ने बताएकी छन् । हालै एक टेलिजिन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले यो विचार राखेकी हुन् । महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताएकी छन् ।
‘कुनैपनि महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने होइन । सेलिब्रेट गरेमा गाली र आलोचना दिन हुदैन’ उनले कार्यक्रममा भनेकी छन् ।
उक्त कार्यक्रममा प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीको साथ पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण