शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका– आयुष्मानकी छोरीको इन्स्टाग्राम फलोअरको चर्चा व्यापक

शुक्रबार, ०८ असोज २०७८, १३ : ०९
शुक्रबार, ०८ असोज २०७८

नायिका प्रियंका कार्की तथा आयुष्मान देशराज श्रेष्ठ जोशीकी छोरी आयाङ्का कार्की जोशी हाल चर्चाको केन्द्रमा छिन् ।​ प्रियंकाले असोज ६ गते छोरी आयाङ्कालाई जन्म दिएकी हुन् । प्रियंका धेरैजसो चर्चामा आइरहन्छिन् । उनी गर्भवती भएपछि उनको चर्चा थप चुलियो । थुप्रै विवाद पनि निम्तिए । मानिसहरु दुई धारमा बाँडिए । कतिले प्रियंकाको समर्थन गरे त कतिले भन्नसम्म भने ।

अब प्रियंकाकी छोरीको विषयमा पनि मानिसहरुको धेरै नै चासो छ । यो कुरा उनको इन्स्टाग्राम अकाउन्टले पनि पुष्टि गर्छ । प्रियंका र आयुष्मानले छोरी आयाङ्काको इन्स्टाग्राम अकाउन्ट पनि बनाए । तर अकाउन्ट बनाएको दुई दिन नबित्दै उनका फलोअर्स २० हजारको हाराहारीमा छ । उनको यो इन्स्टाग्राम अकाउन्टमा हालसम्म ७ वटा तस्बिर पोस्ट भएका छन् जसमा उनले हजुरबुवा, हजुरआमासँग पहिलो पटक भेटेका तस्बिर समावेश छन् ।

 


आयाङ्काको इन्स्टाग्राम फलोअर्सबारे सोसल मिडियामा पनि चर्चा छ । उनको फोटोको कमेन्टमा नै पनि धेरै फलोअरबारे मानिसले कुराकानी गरिरहेका छन् । एकजना प्रयोगकर्ताले लेखेकी छिन्, ‘मेरो दुई वर्षसम्म पनि यत्रो फलोअर्स पुग्या छैन । नानु जन्मेको ४ चार घण्टामा नै ?’ यस्तै, सामाजिक सञ्जालमा आयाङ्काको फलोअर्ससँग नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लका फलोअर्ससँग पनि तुलना गरिएको छ । यो खबर तयार पार्दासम्म आयाङ्काका १९.७ हजार फलोअर्स छन् भने ज्ञानेन्द्र मल्लका १४.८ हजार फलोअर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप