गोपालमान शेरबहादुरसँग लड्न तयार छ !
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासिला सारथि नेता गोपालमान श्रेष्ठले साथ छोड्ने संकेत देखाएका छन् । काँग्रेसको १० औं महाधिवेशनदेखि नै हरेकपटक साथ दिँदै आएका श्रेष्ठ १४ औं महाधिवेशनमा देउवालाई चुनौती दिने मुडमा देखिएका छन् ।
देउवाले सभापतिमा दोहोरिन खोजेकोमा श्रेष्ठलाई चित्त बुझेको छैन । रातोपाटीसँगको कुराकानीमा पनि उनले भने, ‘उहाँले म नलडी छाड्दैन भन्नुभयो भने गोपालमान पनि लड्न तयार छ । गोपालमान प्रतिस्पर्धामा उत्रिन्छ ।’
भदौ १६ मा महाधिवेशन गर्न नसकिने अवस्था आएमा कोरोना महामारीको पहिलो चरणको आठ महिनालाई शून्य समय मानेर महाधिवेशन सार्नका लागि निर्वाचन आयोगलाई पत्र लेख्नुपर्ने श्रेष्ठको सुझाव छ । प्रस्तुत छ नेता श्रेष्ठसँग रातोपाटीले गरेको कुराकानी :
भदौ १६– १९ मा काँग्रेसको १४ औं महाधिवेशन नहुने संकेत देखिएको छ । तर, काँग्रेसका लागि भदौ २३ गतेभित्रै महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । अब यो बाध्यताको गाँठो कसरी फुकाउने ?
संवैधानिक व्यवस्था अनुसार भदौभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा काँग्रेसभित्र दुई मत छैन । तर, कोरोनाको महामारीले ०७७ सालको अन्त्यदेखि अहिलेसम्म दुःख दिइराखेको छ । कोरोनाको पहिलो र दोस्रो लहर आयो । अब तेस्रो लहरको कुरा छ । यता महाबर्खा छ । बाढी पहिरोले मान्छे आतंकित छन् । भदौ १६–१९ सम्म महाधिवेशन गर्ने हाम्रो योजनामा तुषारापात भएको छ ।
साउन १२ र १६ गतेका लागि तय गरेको स्थानीय तहको अधिवेशन स्थगन गर्नुपरेको छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले धेरै मिहिनेत गरेर काम गर्नुभयो । उहाँलाई धन्यवाद दिन्छौं । तर, कामलाई पूर्णता दिन सक्नुभएन । ७५ जिल्लाको काम सकेँ भन्नुभयो । तर, बारा र सप्तरीको क्रियाशील सदस्यतामा प्रवेश नै गर्नुभएन । मैले बारा र सप्तरीलाई पनि अन्याय नगर्नुस् भनेँ । तर, उहाँले हेरिदिनुभएन । अहिले सभापतिजीकै नेतृत्वमा एउटा कमिटी छ । त्यसमा केही साथीहरु बसेर वर्कआउट गरिराख्नुभएको छ । उहाँहरुलाई दिएको पाँच दिनको समय आज सकिँदैछ ।
उहाँहरुले कति विवाद मिलाउनुहुन्छ, साथीहरु पार्टी अफिसमा धर्ना दिइरहेका छन् । अनसन बसेका थिए, सबैलाई आश्वस्त बनाउँदा अहिले अनशन तोडेका छन्, त्यो हामीले सम्बोधन गर्नुपर्छ ।
हामीले संविधान निर्माण गर्दा यस्तो प्रकोप आउँछ भन्ने सोचेको भए केही उपाय राख्थ्यौँ होला । यो समस्या सबैले बुझ्छन् नि । निर्वाचन आयोगले पनि बुझ्छ, अदालतले पनि बुझ्छ । सबै जनताले पनि बुझ्छन् । त्यसैले लाज मान्नुपर्ने प्रश्न नै छैन । हामीले ४ वर्षभित्र महाधिवेशन गरेको भए एउटा कुरा थियो ।
सभापतिजीको नेतृत्वको कमिटीले काम सकेपछि हाम्रो केन्द्रीय कमिटी बैठक बस्छ र कार्यसमितिले एउटा निर्णय गर्छ । त्यो निर्णय अनुसार नयाँ कार्यतालिका आउँछ । अब आउने कार्यतालिका परिवर्तन गर्नुहुँदैन ।
साथीहरुले मुख खोल्न सकेनन् । म त हक्की मान्छे, मैले भनिदिएँ– तपाईंहरुले किन लाज मानिराख्नुभएको छ ? किन कुरा लुकाइराख्नुभएको छ ? भदौ १६–२९ मा महाधिवेशन गर्न सम्भव नै छैन ।
निर्वाचन समितिका प्रमुख महादेवप्रसाद यादवजीले क्रियाशील सदस्यताको सूची दिएको ५० दिनभन्दा बढी महाधिवेशन गर्न समय लाग्छ, त्यति समय मलाई दिनुपर्छ भन्नुभएको छ । हामीले अहिलेसम्म सूची बुझाउन सकेका छैनौं । भदौ १६ गते अधिवेशन सुरु गरौंला, तर कुन तहबाट सुरु गर्ने भने थाहा छैन ।
महाधिवेशन त नहुने पक्का छ । तर, भदौ २३ मा काँग्रेसले १३ औं महाधिवेशन गरेको ५ वर्ष ६ महिना पुग्दैछ । त्यसो भए काँग्रेसमाथि उठेको संवैधानिक संकटको विकल्प के त ?
हामीले संविधान निर्माण गर्दा यस्तो प्रकोप आउँछ भन्ने सोचेको भए केही उपाय राख्थ्यौँ होला । यो समस्या सबैले बुझ्न नि । निर्वाचन आयोगले पनि बुझ्छ, अदालतले पनि बुझ्छ । सबै जनताले पनि बुझ्छन् । त्यसैले लाज मान्नुपर्ने प्रश्न नै छैन । हामीले ४ वर्षभित्र महाधिवेशन गरेको भए एउटा कुरा थियो ।
त्योबेला प्रकोप थिएन । हामीले एक वर्ष थप्यौँ । एक वर्ष थप्ने काँग्रेसको विधानले अधिकार दिएको थियो । त्यसपछि संविधानले दिएको अधिकार ६ महिना पनि थप्यौँ । त्यसले पनि भ्याइराखेको अवस्था छैन । त्यसैले हामीले वर्तमान परिस्थिति र संविधानलाई उल्लेख गरेर निर्वाचन आयोग पत्र लेख्नुपर्छ ।
सर्वोच्च अदालतले कोरोनाको पहिले ८ महिनालाई शून्य समय मानेको छ । त्यो समयभित्र महाधिवेशन गर्ने गरी हामीले स्वीकृति लिनुपर्छ । हामीले त्यो ८ महिना खाने होइन । हामीलाई कम्फर्टेबल भएका बेला महाधिवेशन गर्न सकिन्छ । अब कात्तिक–मंसिरमा हुन्छ कि, कहिले हुन्छ । त्यसबेलामा आरामसँग महाधिवेशन गर्नुपर्छ । यो बर्खा पनि जान्छ । अहिले सारा बाटोघाटो बिग्रेको छ । त्यस बेलासम्म मौसम पनि राम्रो हुन्छ । अहिले महाधिवेशनका लागि साथीभाइलाई आउन पनि सहज छैन । मलाई देशभरिबाट साथीहरुले सम्पर्क गरेर यो अवस्थामा महाधिवेशन कसरी गर्ने, के गर्ने भनेर चिन्ता व्यक्त गरेको पाउँछु ।
अहिले हामी सत्तामा पुगेका छौं । प्रधानमन्त्रीको ध्यान पनि यो सरकारलाई कसरी पूर्णता दिने भन्नेमा छ । अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन । गठबन्धनसँग कुरा गर्नुपरेको छ । प्रधानमन्त्री गठबन्धनका नेताको घरघर जानुपरेको छ । त्यसैले अब केही दिनमै हामी महाधिवेशनको उपायमा पुग्छौं ।
म त अहिले सर्वसम्मत नेतृत्वको निर्णयको पक्षमा छु । जस्तै– मैले ११ औं महाधिवेशन (तत्कालीन काँग्रेस प्रजातान्त्रिक)मा शेरबहादुर देउवाजीलाई सर्वसम्मत बनाएको थिएँ । त्यस्तै, अहिले नेपाली काँग्रेसमा सर्वसम्मत सभापति बनाउन सक्यो भने देशभरि एउटा राम्रो सन्देश जान्छ । आगामी चुनावमा जनताको अत्यधिक समर्थन पाउँछौँ ।
तपाईं कोरोना महामारीको पहिलो ८ महिनालाई शून्य समय मानेर निर्वाचन आयोगसँग समय माग्ने कुरा गर्दै हुनुहुन्छ । तर, काँग्रेसमा वर्तमान कमिटीलाई नै एकाध वर्ष मान्यता दिएर जाने विषयमा पनि बहस भइरहेको छ नि ?
जुन किसिमको हल्ला आएको छ, त्यो म मान्न तयार छैन । सह महामन्त्रीहरु थप्ने, उपसभापति थप्ने के–के भन्ने छ । दुई वर्षलाई वर्तमान कार्यसमितिको कार्यकाल थप्ने भन्ने हल्ला छ । तर, मलाई यसबारे स्पस्ट रुपमा कसैले भनेको छैन । यो वाहियता कुरा हो । सबै सर्वसम्मत भए त एउटा कुरा हो, दुई वर्ष समय थप्ने कुरा गर्नुहुँदैन भन्ने मेरो भनाइ हो ।
तर, यसमा साथीहरुको कुरा आउनुपर्यो । भित्रभित्रै गुनगुन गर्नुहुँदैन । त्यो हो भने पनि छलफल गर्नुपर्छ । छलफल गरेर सबैलाई चित्त बुझ्यो भने त्यो पनि हुन सक्छ ।
म त अहिले सर्वसम्मत नेतृत्वको निर्णयको पक्षमा छु । जस्तै– मैले ११ औं महाधिवेशन (तत्कालीन काँग्रेस प्रजातान्त्रिक)मा शेरबहादुर देउवाजीलाई सर्वसम्मत बनाएको थिएँ । त्यस्तै, अहिले नेपाली काँग्रेसमा सर्वसम्मत सभापति बनाउन सक्यो भने देशभरि एउटा राम्रो सन्देश जान्छ । आगामी चुनावमा जनताको अत्यधिक समर्थन पाउँछौं ।
सभापति शेरबहादुर देउवाले पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिराख्नुभएको छ । अन्य नेताहरु पनि लागिराख्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनमा के कुराले रोकिराखेको छ ?
अहिले धेरै साथीहरु सभापतिका आकांक्षी छन् । रामचन्द्र पौडेलजीको समूहमा सबैभन्दा बढी आकांक्षी छन् । उहाँहरुका ५/६ जना आकांक्षी छन् । अस्ति (असार २५ गते) एउटा बैठक बसेर आफ्नो समूहमा सर्वसम्मत गरेर एउटा उम्मेदवार उठाउने कुरा भयो ।
मैले सकिन्छ भने नेपाली काँग्रेसमा एकताका साथ एकजनालाई सभापति बनाऔं । त्यो जो कोही हुन सक्छ, मै पनि हुन सक्छु । म पनि सभापतिको आकांक्षी हो । तर, सर्वसम्मत बनाउने कुरामा म बाधक बन्दिनँ भनेर भनेको छु ।
पौडेल समूहमा सर्वसम्मत उम्मेदवार उठाउने प्रयत्न भइरहको छ । यतिबेला संस्थापन पक्षबाट पनि तीनजना प्रतिस्पर्धामा देखिनुभएको छ । तपाईंहरुको समूहबीच सर्वसम्मतको प्रयास भइरहेको छ कि छैन ?
भदौ १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका ल्याएपछि शेरबहादुरजीले सातै प्रदेशका साथीहरुसँग फेरि सभापतिमा उठ्ने कुरा राख्नुभयो र सहयोग माग्नुभयो । सोही क्रममा २ नम्बर प्रदेशको भेटघाटमा सभापतिजीको र उपसभापतिजी विमलेन्द्र निधिजीका बीचमा अलि दोहोरी नै चल्यो । विमलेन्द्रजीले म पनि उठ्न चाहन्छु भन्दा तपाईंलाई उठ्ने अधिकार छ भन्नुभयो ।
अहिले शेबहादुरजीले मलाई अगाडि सार्नुपर्छ भन्ने मेरो मान्यता हो । उहाँले पनि मैले नउठ्ने क्रममा मैले तपाईंलाई नै अगाडि सार्ने हो भनेर भन्नुभएको छ । म अहिले ‘वान म्यान वान पोस्ट’ जानुपर्छ भन्नेमा छु । म सभापति भएपछि प्रधानमन्त्री हुन खोज्दिनँ । म सभापति हुने पनि एक पटक मात्र हो । त्यसपछि मैले अर्को साथीलाई पालो दिन्छु । साथीभाइको सल्लाहबिना पार्टीमा कुनै निर्णय गर्दिनँ ।
त्यसपछि बागमती र गण्डकी प्रदेशको भेटघाटमा त्यही कुरा सुन्न म किन जानुपर्यो भनेर गइनँ । गत फागुनमै म सभापतिको आकांक्षीका रुपमा प्रस्तुत भइसकेको थिएँ । साथीभाइहरुसँग कुरा गरिसकेको थिएँ । सभापतिजीसँग पनि भनिसकेको थिएँ– तपाईंलाई यत्रो वर्ष सघाएँ । १० औं महाधिवेशनदेखि सघाउँदा सघाउँदै ११ मा निर्विरोध सभापति बनाएँ । १२ औँमा पनि सघायौं, उहाँले जित्नुभएन । १३ औं पनि सघायौं । तपाईं सभापति पनि बन्नुभयो । अब मेरो पालो हो । १४ औं मलाई सघाउनुपर्छ भनेर मैले भनेको थिएँ । तर, उहाँ आफै सभापतिमा उठ्ने तयारीमा लाग्नुभयो ।
अहिले हामी तीनजना (देउवा, निधि र श्रेष्ठ) देखिएका छौं । मेरो र विमलेन्द्र निधिका बीचमा एक चरणको वार्ता भएको छ । अब हामी तीन जना (देउवा, निधि र श्रेष्ठ) बसेर कुराकानी गर्छौं ।
अब मुलुकको प्रधानमन्त्री चलाउने कुरा सजिलो छैन । हाम्रो सभापतिजीले प्रधानमन्त्री पनि हुने र फेरि सभापति भएर दुबै मै हाँक्छु, मै चलाउँछु भन्ने कुरा गर्नुहुँदैन । अब उहाँ महाधिवेशनसम्म मात्र सभापति रहनु उचित हुन्छ । त्यसपछि सभापतिमा उठ्नुहुँदैन । नउठ्दा राम्रो हुन्छ भन्ने हामी दुवै (निधि–श्रेष्ठ) को निष्कर्ष छ ।
म कसैसँग झुक्दिनँ । म आफू चुक्न पनि चुक्दिनँ । साथीभाइमा एक अर्कालाई सहयोग गर्नु कुरा एउटा हो । चाकडी गर्ने काम मबाट हुँदैन । म कसैसँग चाकडी पनि खोज्दिनँ । पञ्चायतसँगको संघर्षमा मैले पटक–पटक गरी १० वर्ष जेल जीवन बिताएँ । दुई / तीन वर्ष प्रवासमा भूमिगत बस्नुपर्यो । म बीपीजी, गणेशमानजी, सुवर्णजी, महेन्द्रनारायण निधिजी सबै नेताको विश्वास पात्र हुँ ।
तपाई र निधि दुईजनामध्ये देउवाले कसलाई छाड्ने भन्ने पनि त होला नि ?
उहाँले कसलाई छोड्ने भन्ने कुरामा समस्या छैन । संस्थापन पक्षको दोस्रो व्यक्ति म हो, पदाधिकारी अहिले जोसुकै भए पनि । पहिलो शेरबहादुर हो, दोस्रो गोपालमान हो । त्यसपछि अरु साथीहरु आउँछन् ।
अहिले शेबहादुरजीले मलाई अगाडि सार्नुपर्छ भन्ने मेरो मान्यता हो । उहाँले पनि मैले नउठ्ने क्रममा मैले तपाईंलाई नै अगाडि सार्ने हो भनेर भन्नुभएको छ । म अहिले ‘वान म्यान वान पोस्ट’ जानुपर्छ भन्नेमा छु । म सभापति भएपछि प्रधानमन्त्री हुन खोज्दिनँ । म सभापति हुने पनि एक पटक मात्र हो । त्यसपछि मैले अर्को साथीलाई पालो दिन्छु । साथीभाइको सल्लाहबिना पार्टीमा कुनै निर्णय गर्दिनँ ।
तपाईं देउवाल छाडिदिने आशामा हुनुहुन्छ । तर, देउवा फेरि सभापति हुन अगाडि बढिसकेको अवस्था छ । उहाँले तपाईंलाई अगाडि नसारेको अवस्थामा के हुन्छ ? सहकार्यमा ब्रेक लगाउन तपाई तयार हो ?
विमलेन्द्र निधिजी, प्रकाशमान सिंहजी र शशांक कोइरालाजीबीच विभिन्न चरणमा छलफल भएको छ । मसँग विमलेन्द्रजी र प्रकाशमानजीले पनि भेटघाट गर्नुभयो । धेरै पहिले शशांकसँग पनि मेरो भेटवार्ता भएको थियो । अब दुई/चार दिनभित्र शशांकसँग फेरि कुरा हुँदैछ । सम्भावित उम्मेदवारसँग हामीले छलफल गरिरहेका छौं । तीनैजना (निधि, सिंह र कोइराला) को उमेर र अवस्थाले १५ औंमा सभापति बन्न भ्याउँछन् । त्यसैले १४ औंमा तपाईंहरुले मलाई सहयोग गर्नुस् भनेर मैले आग्रह गरेको छु ।
उहाँहरुको जवाफ के आयो त ?
सल्लाह गरौं भन्नुभयो । तर, उहाँहरुले पनि दाइ, तपाईंको निर्देशनमा हामीले काम गर्ने हो । मलाई अगाडि बढाउनुस् भन्ने कुरा छ । तर, अहिले न्याय पाउनुपर्ने मान्छे म हो । मेरो जीवनमा एकपटक काँग्रेसको सभापति हुने इच्छा छ ।
तपाईं सभापति हुनुपर्ने आधार के छ ?
म ग्रास रुटबाट उठेर आएको हुँ । पुरानो उखानजस्तो ‘मेरो बाउ बाजेले घ्यु खाएको थियो, हात सुँघ सुँघ’ भन्ने होइन । म आफैंले संघर्ष गरेर इतिहास निर्माण गरेको हुँ । स्याङजाजस्तो ठाउँमा जन्मेर यहाँसम्म पुगेको हुँ ।
मेरो समुदाय त्यहाँ अत्यन्तै अल्पसंख्यामा छ । त्यहाँबाट तीन/चारवटा चुनाव जितेर आएको व्यक्ति हुँ । बीपी, गणेशमान, किसुनजीको प्रभावमा परेको व्यक्ति हो । ०१७ साल पुस १ गते राजा महेन्द्रले टेकओभर गरेपछि राजसंस्थाप्रति नै घृणा आएको हो । तपाईंलाई मैले एउटा उदाहरण दिन्छु –
म हाइस्कुल पढ्दै थिएँ । राजा महेन्द्रले टेकओभर गरेपछि ०१८ सालमा गैंडाकोटमा पूर्व–पश्चिम राजमार्गको शिलान्यास गर्नुभयो । ०१९/२० सालतिर निबन्ध प्रतियोगिता भयो । त्यो निबन्ध प्रत्योगितामा मैले भाग लिएको थिएँ । ‘पूर्व–पश्चिम राजमार्ग, नेपालीको भाग्यरेखा’ भन्ने शीर्षकको मेरो निबन्ध प्रथम भयो । राजा महेन्द्रले नै तक्मा आफ्नै हातबाट दिने कार्यक्रममा मलाई बोलाइयो ।
राजा महेन्द्र तानाशाह भई प्रजातन्त्रको गला निमोठेकाले उनका हातबाट मैले तक्मा लिन चाहिनँ । म कार्यक्रममा पनि आइनँ । त्यतिबेला राजासँग भेट्ने, तक्मा लिने भन्ने कुरा ठूलो थियो । तर, मेरो मनले दिएन र म तक्मा लिन आइनँ । तत्कालीन मन्त्री केदारमानजी दुई महिनापछि तक्मा दिन बुटवल आउनुभयो । मलाई पाल्पाबाट बोलाएर दिनुभयो ।
म कसैसँग झुक्दिनँ । म आफू चुक्न पनि चुक्दिनँ । साथीभाइमा एक अर्कालाई सहयोग गर्नु कुरा एउटा हो । चाकडी गर्ने काम मबाट हुँदैन । म कसैसँग चाकडी पनि खोज्दिनँ । पञ्चायतसँगको संघर्षमा मैले पटक–पटक गरी १० वर्ष जेल जीवन बिताएँ । दुई / तीन वर्ष प्रवासमा भूमिगत बस्नुपर्यो । म बीपीजी, गणेशमानजी, सुवर्णजी, महेन्द्रनारायण निधिजी सबै नेताको विश्वास पात्र हुँ ।
तपाईले प्रकाशमान, विमलेन्द्र र शशांकबीच भइरहेको वार्तामा आफूलाई पनि सामेल गराउन भन्नुभयो । शेरबहादुर देउवासँगको सहकार्य सकियो, अब चार जना नयाँ ढंगले जाउँ भन्ने हो ?
मैले रामचन्द्रजीसँग पनि कुरा गरेको छु । कृष्णप्रसाद सिटौलाजीसँग पनि कुरा गरेको छु । शेखरजीसँग पनि कुरा गरेको छु । म एकतावद्ध काँग्रेस चाहन्छु, भागबण्डाको होइन । भागबण्डाका नाममा काँग्रेसले कामै गर्न सकेन । १३ औंमा शेरबहादुरजीले सभापति जित्नुभयो । तर, उहाँलाई कामै गर्ने वातावरण नै दिइएन ।
त्यो त बिल्कुल बिल्कुल । म कुनै हालतमा सभापतिमा लड्छु । साथीभाइको सर्मथन लिने मेरो प्रयत्न रहन्छ । शेरबहादुरजी मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, पावरमा हुनुहुन्छ । हाम्रो समाज यस्तै हो । उहाँले जित्नु पनि होला । पार्टीले काम गर्न सक्दैन । पार्टी राम्रोसँग चलाउने हो भने उहाँले सर्वसम्मत सभापति बनाउने कोशिस गर्नुपर्छ । प्रतिस्पर्धामा जाने अवस्थामा उहाँले आफ्नोतर्फबाट मलाई लडाउनुपर्छ ।
भागबण्डा भागबण्डा...गर्दा गर्दा बहुमत हुँदा पनि काम हुन सकेन । सबैको मन जित्न कोशिस गर्दा सम्भव भएन भने लोकतन्त्रमा सर्वसम्मत हुँदैन भने बहुमतबाट पनि जानुपर्छ ।
भागबण्डाका नाममा हामीले नेविसंघ र तरुण दल सिध्यायौैं । समयमा विभागहरु गठन गर्न सकेनौं । ढिलै भए पनि केही विभाग गठन गर्यौं, केही गठन गर्न बाँकी थिएँ । भागबण्डाकै कारण रोकियो । ‘राइट म्यान राइट पोस्ट’को नीति लिनुपर्छ । न्याय दिनुपर्छ । म नेतृत्वमा पुगेँ भने सबैलाई न्याय दिन्छु ।
शेरबहादुर देउवालाई काम गर्न दिइएन भन्नुहुन्छ, संस्थापन इत्तर पक्ष उहाँ काम गर्न असफल हुनुभयो भन्छ । उहाँ काम गर्न नसकेर असफल हुनुभएको हो कि काम गर्न नदिएर ?
उहाँ धेरै लचिलो भन्नुभयो । उहाँको उदारताको फाइदा अरुले लिए । तर, पार्टीलाई घाटा भयो । संस्थापन इत्तर पक्षकै कारण अनुशासन समितिमा पनि सहमतिबाट निर्णय दिने व्यवस्था गर्यौं ।
आम चुनावमा घात–अन्तरघात गर्नेलाई कारबाही गर्ने भनियो । तर, शेरबहादुर र रामचन्द्रजीको चोचोमोचोमा गोविन्दराज जोशी र पुस्कर ओझामाथि मात्र कारबाही भयो, अरु सबैलाई माफी दिनुभयो । माफी दिनुथियो भने सबैलाई दिनुपथ्र्यो । त्यसमा मेरो विमित रहेको थियो । दुई जनाको चोचोमोचोबाट पार्टी चलाउने कुरा राम्रो भएन । यो पार्टी पार्टी रहेन, एनजीओ टाइपको भयो । जसले जे गरे पनि हुने ।
फेरि पनि देउवासँगको सहकार्यकै चर्चा गरौं, अब गोपालमान श्रेष्ठ शेरबहादुर देउवाविरुद्ध पनि महाधिवेशनको मैदानमा उत्रिन्छ ?
त्यो त बिल्कुल बिल्कुल । म कुनै हालतमा सभापतिमा लड्छु । साथीभाइको सर्मथन लिने मेरो प्रयत्न रहन्छ । शेरबहादुरजी मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, पावरमा हुनुहुन्छ । हाम्रो समाज यस्तै हो । उहाँले जित्नु पनि होला । पार्टीले काम गर्न सक्दैन । पार्टी राम्रोसँग चलाउने हो भने उहाँले सर्वसम्मत सभापति बनाउने कोशिस गर्नुपर्छ । प्रतिस्पर्धामा जाने अवस्थामा उहाँले आफ्नोतर्फबाट मलाई लडाउनुपर्छ ।
किनभने, उहाँ संकटमा भएका बेला कसैले साथ नदिँदा पनि म साथ दिने साथी हो । उहाँलाई धोका नदिने मान्छे हुँ । गोपालमानले कहीँ धोका दिएको छ भने उहाँले भन्नुपर्यो गोपालमानले यहाँ धोका दियो भनेर । उहाँ र मेरो बीचमा काम गर्दा कहीँ पनि विवाद भएन । म उहाँसँग विवादरहित छु । त्यसैले उहाँले छोड्नुहुन्छ, लड्नुहुन्न भन्ने मलाई विश्वास छ । तर, उहाँले म नलडी छाड्दैन भन्नुभयो भने गोपालमान पनि लड्न तयार छ । गोपालमान प्रतिस्पर्धामा उत्रिन्छ ।
चुनावी मैदानमा जाँदा सबैले जित्छु भनेरै जाने हो । देउवाले समर्थन नगरेको अवस्था प्रतिस्पर्धा गर्दा सभापतिमा जित्ने आधार के त ?
मेरो आफ्नो जीवनकालमा मैले गरेका क्रियाकलाप सबै काँग्रेसीजनलाई थाहा छ । नेपाली जनतालाई थाहा छ । मेरो आधार भनेको ग्रास रुटका साथीहरु हुन् । करिब ९ लाख क्रियाशील सदस्य भनेको छ, उहाँहरु मध्येबाट साथीहरु आउने हो । तीमध्ये अधिकांश साथीको सदभाव मैले प्राप्त गर्छु भन्ने मलाई विश्वास छ ।
मेरो उम्मेदवारीको कुरा आएपछि ग्रास रुटका साथीहरु असाध्य उत्साहित भएका छन् । गोपालमान सभापति भयो भने सबैलाई न्याय गर्छ भन्ने विश्वास जागेर आएको छ । सबै ठाउँबाट मलाई टेलिफोनमार्फत उत्साहित बनाइराख्नुभएको छ ।
तर, काँग्रेसमा आएका नवप्रवेशी र संस्थापन पक्षको बहुमत पक्ष फेरि पनि देउवालाई नै सभापति बनाउन अगाडि बढिसकेको परिस्थिति छ । यस्तो अवस्थामा तपाईंको उत्साहको अर्थ के रहला र ?
साथीभाइहरुले खुलेर भन्न नसकेको हो । मनमनै साथीभाइहरु शेरबहादुरजी सभापतिमा उठ्नुहुन्न भन्नेमा हुनुहुन्छ । म हक्की मान्छे भएकाले मनभित्र भएको कुरा स्पस्ट भन्छु । मलाई जिन्दगीमा केही लिनु–दिनु छैन । निर्भिकताका साथ आफ्नो कुरा राख्छु ।
नेपाली काँग्रेसलाई एकपटक एकताबद्ध बनाएर सबैले नेपाली काँग्रेस रोज्ने वातावरण सिर्जना गर्नका लागि १४ औं महाधिवेशनमा अन्तिम लडाइ लड्ने इच्छा गरेको छु । मेरो इच्छा साथीभाइ र शुभचिन्तकले साथ दिनुहुने छ ।
देउवालाई १३ औं महाधिवेशनका सारथीले यसरी छोड्नुपर्ने परिस्थिति किन आयो ?
एउटै व्यक्तिले सधैं मै हुन्छु भन्ने हामी कम्युनिस्टजस्तो होइन नि ! जिन्दगीभर कम्युनिस्टमा एउटै व्यक्तिले खाने चलन छ क्या । डोमोक्र्याटहरुमा त्यो हुनुहुँदैन । आफूलाई जिन्दगीभर साथ दिएका साथीहरुलाई उत्तराधिकारी बनाएर लानुपर्छ ।
सबैले समान अवसर पाउनुपर्छ भनेर हामीले डोमोक्रेसी ल्याएको हो । हामीले हाम्रो नेता शेरबहादुर देउवालाई बनाउनुपर्ने, सबै बनायौं । पाँचचोटि प्रधानमन्त्री हुनुभयो । फेरि ६ चोटि प्रधानमन्त्री बन्नुस्, शुभेच्छा छ । फेरि उहाँकै नेतृत्वमा चुनाव गरेर बहुमत आयो भने र भोलि शेरबहादुरजीले प्रधानमन्त्री हुने इच्छा राख्नुभयो भने गोपालमान त्यसको बाधक बन्दैन । तर, अब सभापतिमा मलाई सहयोग गर्नुपर्छ । कि यो–यो कारणले मप्रति विश्वास छैन भन्नुपर्यो । अर्कोलाई यो–यो कारणले विश्वास गरेँ भन्नुपर्यो, त्यो पाउनुहुन्छ ।
पाँचौंपटक प्रधानमन्त्री भएका देउवालाई तपाईंको सुझाव के छ ?
प्रधानमन्त्री भई बालुवाटार प्रवेश गरेको केही दिनमै मैले समय लिएर उहाँलाई दिनुपर्ने सुझाव दिसकेको छु । सचिवालय चुस्त दुरुस्त बनाउनुस् र काँग्रेसका सबै कार्यकर्तालाई चिन्ने मान्छे राख्नुस् ।
यो गठबन्धन सरकार हो । अरु पार्टीका नेताहरुको पनि कुरा सुन्नुपर्छ । अरु नेताहरुसँग पनि सल्लाह गरेर अगाडि बढ्नुपर्छ । जुन साथीको जहाँ आवश्यकता छ, समेट्नुस् । हामीसँग पनि सल्लाह लिनुस् । काम गर्ने तपाईंले हो । प्रधानमन्त्री बनाउने अधिकार तपाईंको हो । तर, अधिकार प्रयोग गर्दा साथीभाइसँग सुझाव लिएर आवश्यक सुझाव ग्रहण गर्नुस् ।
भागबण्डाका आधारमा यो समूह, ऊ समूह नभनिकन मन्त्री बनाउनुस् । अध्यादेश ल्याएर संवैधानिक नियुक्तिमा मनपरी गरिएको छ, त्यसलाई पनि सच्याउनुस् । नियुक्ति गर्दा शेरबहादुरजीले राम्रो मान्छेलाई नियुक्ति दियो भन्ने सन्देश दिनुपर्छ । सम्पूर्ण नेपाली जनतालाई निकट भविष्यमै खोपको व्यवस्था गर्नुस् भन्दा उहाँले सबै राम्रो गर्छु भन्नुभएको छ ।