बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

महाधिवेशनको तयारीमा जुटेका सिटौलाले भने- स्वाभाविक सभापतिको उम्मेदवार हुँ

मङ्गलबार, २२ असार २०७८, १९ : ०४
मङ्गलबार, २२ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनको आन्तरिक तयारीमा जुटेका छन् । मंगलबार बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा सिटौलाले आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । 

छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानलगायत उपस्थित छन् । 

त्यस्तै, उनी निकट भ्रातृ संस्थाका पदाधिकारीहरू पनि छन् । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा सहभागी छैनन् ।

कांग्रेस नेता रामजी कुँवरको निधनपछि थापा पोखरामा रहेका छन् भने पौडेल भने क्रियाशील सदस्यता छानविन समितिको काममा व्यस्त भएकाले छलफलमा सहभागी नभएको बुझिएको छ ।

काँग्रेस वर्तमान सभापति शेरबहादुर देउवासहित करिब आधा दर्जन नेताहरुले सभापतिको दाबेदारी प्रस्तुत गरेपछि सिटौला पनि तातेका छन् । यसअघि पनि सिटौलाले आन्तरिक छलफल गरेका थिए ।

सिटौलाले सार्वजनिक रुपमा सभापतिमा दाबेदारी प्रस्तुत नगरे पनि आन्तरिक रुपमा भने आफू स्वभाविक सभापतिको उम्मेदवार  रहेकोे बताउँदै आएका छन् ।

सिटौलाले १४ औं महाधिवेशनमा पनि आफ्नोलाई एकीकृत राखेर अगाडि बढ्ने रणनीति बनाएको देखिन्छ । यद्यपि, गगन र प्रदीप देउवा भर्सेस संस्थापन इत्तर पक्षको मोर्चा बनाउनुपर्नेमा जोड दिरहेको देखिन्छ । तर, अन्य नेताहरु भने सभापति देउवासँगको सहकार्यमा जोड दिइरहेको पाइन्छ ।

आजको छलफलमा सिटौलाले आफू सभापतिको उम्मेदवार भएको भन्दै महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको एक नेताले बताए । 

सिटौलाले भने, ‘म सभापतिको स्वभाविक उम्मेदवार हो । १३ औं महाधिवेशनभन्दा यतिबेला हाम्रो क्षमता​ पनि बढेको छ । साथीहरु महाधिवेशनको तयारीमा लाग्नुस् ।’

सम्पर्क कार्यालय खोलेर आन्तरिक तयारीमा जुटिसकेकाले सभापतिको उम्मेदवार होइन कि भनेर नबुझ्न आग्रह गरेका थिए ।

छलफलमा सहभागी हुमागाईले भने, ‘महाधिवेशनमा जुट्न हामीलाई आग्रह गर्नुभयो । पार्टीको महाधिवेशन यस पटक नयाँ ढंगले हुन लागेकाले हामी सबैलाई गाउँ गाउँमा जान पनि भन्नुभयो ।’

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप