बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय

सोमबार, २१ असार २०७८, २१ : १८
सोमबार, २१ असार २०७८

प्रतिनिधिसभा विघटन मुद्दामा अदालतका साथी (एमिकस क्युरी)ले दुईथरी राय दिएका छन् । नेपाल बारबाट एमिकस क्यूरीमा राय दिन गएकी उषा मल्ल पाठक र सर्वोच्च बारबाट गएका प्रकाश बहादुर केसीले विघटन संविधान बमोजिम नै भएको राय दिएका छन् । नेपाल बारले पठाएका अर्का वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र सर्वोच्च बारले पठाएका कोमल प्रकाश घिमिरेले चाहिँ विघटन संविधान विपरीत भएको राय दिएका छन् ।

स्वतन्त्र राय दिन लयर्स पोडियममा उपस्थित वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकेले रिट खारेज गर्न माग गर्दै कोभिड–१९ को खोप लगाएर चुनाव गराउनुपर्ने राय दिएकी छिन् । वरिष्ठ अधिवक्ता प्रकाश बहादुर केसी र पाठकले धारा ७६ (५)अनुसार सांसदहरू दलीय नियन्त्रणबाट बाहिर जान नसक्ने राय दिएका छन् । वरिष्ठ अधिवक्ता वैद्य र घिमिरेले चाहिँ विघटन असंवैधानिक भएको बताउँदै धारा ७६ (५)मा दलीय नियन्त्रण बाहिरबाट नै अभ्यास गर्न सकिने राय दिएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप