एमिकस क्युरीबाट वैद्यको राय : ‘प्रतिनिधिसभाले केपी ओलीलाई घर जाउ भनेको हो’

वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर जाउ भनेको जिकिर गरेका छन् ।
विघटन मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वैद्यले भने –‘विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरि नयाँ अवतारको रुपमा प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले भनेको छैन, उहाँ (केपी ओली)लाई घर जाउ भनेको हो ।’
विश्वासको मत गुमाएपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यले जिकिर गरेका छन् ।
धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न गर्नुपर्ने उल्लेख गर्दै वैद्यले भने–‘वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री (केपी ओली) दलको नेता नै थिए, दलको नेता परिवर्तन नै नभई त्यहि ब्यक्ति फेरी कसरी ७६ (३) अनुसार नियुक्त हुन सक्नुहुन्छ ?’
राष्ट्रपतिले कुन प्रावधान अनुसार केपी ओलीलाई नियुक्त गर्नुभो भन्ने प्रश्न गरेका वरिष्ठ अधिवक्ता वैद्यले भने–‘त्यो नियुक्ति गैरसंवैधानिक हो ।’
विश्वासको मत गुमाएका प्रधानमन्त्रीको विश्वासको आधार राष्ट्रपतिले खोज्नुपर्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय