सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र देउवाबीचको छलफलमा को-को छन् ?

बुधबार, २२ वैशाख २०७८, १७ : ३४
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता  शेरबहादुर देउवाबीच छलफल जारी छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भइरहको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् । 

२७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 


 

माओवादी केन्द्रले बुधबार औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ता लिएको छ भने ओलीविरुद्धको मोर्चाबन्दी पनि कसिलो बन्दै गएको छ ।काँग्रेस माओवादी र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले ओलीविरुद्ध मोर्चा निर्माणको गृहकार्य गरिरहेको छ ।

 


एमाले कै खनाल नेपाल पक्षले पनि ओलीविरोधी खेमामा सामेल हुने संकेत देखाएको छ । जसकारण जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोको साथ सहयोगबाट पनि ओलीले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था देखिएको छैन । यस्तो अवस्थामा ओलीले काँग्रेससँग छलफल गरिरहेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप