मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापति देउवा भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठमा

बुधबार, २२ वैशाख २०७८, १६ : ३८
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । उनीहरुबीच छलफल जारी छ ।

 


 

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ । वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप