सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५ तस्बिरमा हेर्नुहोस् ओली–देउवाबीचको छलफल

बुधबार, २२ वैशाख २०७८, १७ : ४८
बुधबार, २२ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता  शेरबहादुर देउवाबीच छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।

यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् । २७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 


फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप