शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज फेरि मन्त्रिपरिषद बैठक बस्दै

सोमबार, २० वैशाख २०७८, १४ : ०६
सोमबार, २० वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन ।

मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप