ओलीलाई विश्वासको मत लिनैका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । उनले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख छ ।
आइतबारै बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने भन्दै राष्ट्रपतिकहाँ अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए ।
२७ गतेका लागि बोलाइएको बैठक बजेट अधिवेशन नभएर विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बोलाइएको हो । बजेट अधिवेशन पुनः बोलाइने एक मन्त्रीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण