बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहर : जनगणना अनिश्चितकालका लागि स्थगित

सोमबार, २० वैशाख २०७८, १७ : ००
सोमबार, २० वैशाख २०७८

कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । 
कृषिमन्त्री पद्मा अर्यालले कोरोनाका कारण अवस्था प्रतिकूल रहेकाले मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना कार्यक्रम स्थगित गरेको रातोपाटीलाई बताइन् । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना कार्यक्रम गर्दै आएको छ ।  बिक्रम सम्बत १९६८ देखि संचालन हुँदै आएको जनगणनाको बाह्रौं श्रृखंला जेठ २५ देखि असारसम्म सञ्चालन गर्न लागिएको थियो । 
 

पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिएको छ भने जसका कारण ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप