मध्यरातदेखि आन्तरिक उडान सबै ठप्प, भारतमा सातामा दुई उडान हुने
मङ्गलबार, २१ वैशाख २०७८, ०० : ०९

सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।
तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दिए । मन्त्री गुरुङले भारतमा हुने हवाइ उडान हप्ताको सातबाट दुईमा झारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला