एमसीसी प्रकरण : सभामुखले दिए प्रधानमन्त्रीलाई जवाफ
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्‍ठालाई कसैले तोड्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।
शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताए ।
सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पारे ।
संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए । संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि बताए । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताए ।
संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


