‘ओली अध्यक्ष भएको पार्टीमा हाम्रो गुञ्जायस छैन’
काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहका वरिष्ठ नेता माधव नेपालले ओली अध्यक्ष भएको पार्टीमा आफ्ना नेता कार्यकर्तालाई कुनै स्थान नरहेको बताएका छन् । ‘ओलीको टांगमुनी छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा, नत्र ओली अध्यक्ष भएको पार्टीमा हाम्रो कुनै खयर (गुञ्जायस) छैन’ बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले भने, ‘ओलीले हाम्रो पक्षका सबै नेताहरुलाई पार्टीका सबै कमिटीबाट निकालिसके । आत्मसमर्पणबाहेक हामीलाई ओली गुटमा कुनै स्थान छैन ।’
प्रचण्डको कार्यकर्ता भनेर आफुहरुमाथि केपी ओलीले भावनात्मक ब्ल्याकमेल गरेकोे उनको आरोप छ । ‘हिजो प्रचण्डसँग चोचोमोचो मिलाउने ओली नै हुन् । यसरी स्वार्थमा चोचोमोचो मिलाउन पाइदैंन भन्ने हामीहरू हौं । आज उल्टै हामीलाई प्रचण्डको कार्यकर्ता भनेर भावनात्मक ब्ल्याक मेल गर्दैछन् ।’
पार्टीको तल्लो कमिटीसम्मै ओली प्रवृत्ति हावी रहेको उनले बताएका छन् । ‘नवौं महाधिवेशनदेखि नै ओलीले अत्याचार थाले । ओलीसँग जोडिएका व्यक्तिले जिल्ला–जिल्लामा पूर्वाग्रही व्यवहार गरेका छन् । उनीहरुले कति दुःख दिएका छन् भन्ने तपाईहरु सबैलाई थाहा छ’ नेपालले भने ।
ओलीले निर्वाचित कमिटीहरूलाई पाखा लगाएर गुटको भेलामार्फत एकलौटी रुपमा कमिटीहरु विस्तार गर्दै लगेको नेपालको आरोप छ । ‘उहाँले एकलौटी रुपमा गुटको भेलामार्फत विधान संशोधन गर्नुभयो, जथाभावी कमिटीहरु विस्तार गर्नुभयो । कुनै दिन सबै नागरिकहरुलाई उहाँले केन्द्रीय सदस्य बनाउन सक्नुहुन्छ ।’
ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेपनि आफुहरु नझुक्ने उनले बताए । ‘आन्दोलनबाट कार्यकर्ता नै भाग्ने हो कि भन्ने अवस्था पो आयो । त्यसैले पार्टी जोगाउन पहिले गण्डकी प्रदेश र अहिले बागमती प्रदेशमा कमिटी गठन गरेका छौं । चाडैं सुदुरपश्चिम प्रदेशमा पनि कमिटी गठन हुँदैछ,’ नेता नेपालले भने,‘ केपी ओलीको गुटमा लागेकाहरूलाई अहिले समेटेर लैजान सकिएन । तर उहाँहरु सुध्रिएर आउनुभयो भने स्वागत गर्छौ । कम्युनिष्ट आन्दोलनमा लाग्ने कसैका लागि पनि हाम्रो ढोका बन्द छैन ।’
ओलीले पार्टीलाई हुकुमी शैलीमा चलाउन चाहेको नेता नेपालको आरोप छ । ‘ओली आदेशमा विश्वास गर्नुहुन्छ । निरङ्कुशताको शिकार हुनुभएको छ । तर हामी सामूहिकतामा विश्वास गर्छौ’ उनले भने ।
सबै चुनौतीहरु पार गरेर एमालेलाई क्रियाशील कार्यकर्ताको पार्टी बनाउने नेपालले बताए । ‘केपी ओेलीको ताण्डव र तमासालाई अहिले दुनियाँले हेरिरहेको छ । उहाँ व्यक्तिवादी हुनुहुन्छ,’ नेपालले भने ।
सबैसँग सहकार्य गरेर अघि बढ्छौँ
जनमोर्चा नेपाल, नेकपा क्रान्तिकारी माओवादी (वैद्य) समूह तथा लोकतान्त्रिक शक्तिहरूसँग पनि सहकार्यका लागि सल्लाह भइरहेको उनले बताए । ‘हामी सबैसँग एकतावद्ध भएर अघि बढ्छौँ,’ उनले भने ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम