सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

पार्टी एकता जोगाउन समानान्तर कमिटी घोषणाः माधव नेपाल

मङ्गलबार, २४ चैत २०७७, १३ : ५०
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित झलनाथ खनाल–माधव नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओलीले आन्दोलन र पार्टीमाथि कुठारघात गर्नुभयो । आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता छाएको छ ।’  

नेता नेपालले ओली जहिल्यै आदेशमा विश्वास गर्ने नेता भएको र हुकुमी पाराले पार्टी चलाएको बताउँदै भनेः ‘ओली व्यक्तिवादी छन् ।  उहाँ आदेशमा विश्वास गर्नुहुन्छ । हुकुमी पाराले चलाउनु्हुन्छ । निरंकुशताको शिकार हुनुहुन्छ ।’ नेता नेपालले पार्टी एकता जोगाउन (समानान्तर कमिटी) गण्डकी र वागमती प्रदेश कमिटी घोषणा गरिएको बताए । कम्युनिष्ट आन्दोलनमा लाग्ने कसैका लागि आफ्नो समूहमा ढोका बन्द नभएको बताउँदै उनले सबैलाई स्वागत गर्ने बताए । यद्यपि, उनले ओली गुटमा भएकाहरुलाई सँगै लैजान नसकिएको स्वीकार गरे । 

उनले ओली अध्यक्ष भएको पार्टीमा आफुहरुको कुनै स्थान नभएको दाबी गर्दै ओलीको टांगामुनि छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा भएको बताए । आफुहरु क्रान्ति र कम्युनिष्ट पार्टी जोगाउन लागिपरेको बताउँदै ओलीले सबै कमिटीबाट आफुहरुलाई निकालिसकेको बताए । उनले भने, ‘ओलीले सबै कमिटीका पदबाट हामीलाई निकालिसके आत्मसमपर्ण गर्नेबाहेक अरुलाई ओली गुटमा स्थान छैन ।’

यो पनि...

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप