आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा खनाल–नेपाल समूहद्वारा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

मङ्गलबार, २४ चैत २०७७, १२ : ५२
मङ्गलबार, २४ चैत २०७७

एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । 

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । 

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइयो । 

यो पनि...

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप