आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–खनाल पक्षको यस्तो छ बागमती प्रदेश समानान्तर कमिटी (नामावलीसहित)

मङ्गलबार, २४ चैत २०७७, २३ : ४६
मङ्गलबार, २४ चैत २०७७

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।  जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ । 

समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण नेपाल र पशुपति चौलागाई रहेका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । 

 काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा बाल्दै वरिष्ठ नेता माधव कुमार नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओलीले आन्दोलन र पार्टीमाथि कुठराघात गर्नुभयो । आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता छाएको छ ।’  

 


 

नेता नेपालले ओली जहिल्यै आदेशमा विश्वास गर्ने नेता भएको र हुकुमी पाराले पार्टी चलाएको बताउँदै भने, ‘ओली व्यक्तिवादी छन् ।  उहाँ आदेशमा विश्वास गर्नुहुन्छ । हुकुमी पाराले चलाउनु्हुन्छ । निरंकुशताको शिकार हुनुहुन्छ ।’ नेता नेपालले पार्टी एकता जोगाउन गण्डकी र वागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरिएको बताए । कम्युनिष्ट आन्दोलनमा लाग्ने कसैका लागि आफ्नो समूहमा ढोका बन्द नभएको बताउँदै उनले सबैलाई स्वागत गर्ने बताए । यद्यपि, उनले ओली गुटमा भएकाहरुलाई सँगै लैजान नसकिएको स्वीकार गरे । 

उनले ओली अध्यक्ष भएको पार्टीमा आफुहरुको कुनै स्थान नभएको दाबी गर्दै ओलीको टांगामुनि छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा भएको बताए । 

यस्तो छ सूचीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप