नेपाल–खनाल पक्षको यस्तो छ बागमती प्रदेश समानान्तर कमिटी (नामावलीसहित)
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ ।
समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण नेपाल र पशुपति चौलागाई रहेका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।
काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा बाल्दै वरिष्ठ नेता माधव कुमार नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओलीले आन्दोलन र पार्टीमाथि कुठराघात गर्नुभयो । आन्दोलनबाट कार्यकर्ता भाग्ने हुन् कि भन्ने चिन्ता छाएको छ ।’
नेता नेपालले ओली जहिल्यै आदेशमा विश्वास गर्ने नेता भएको र हुकुमी पाराले पार्टी चलाएको बताउँदै भने, ‘ओली व्यक्तिवादी छन् । उहाँ आदेशमा विश्वास गर्नुहुन्छ । हुकुमी पाराले चलाउनु्हुन्छ । निरंकुशताको शिकार हुनुहुन्छ ।’ नेता नेपालले पार्टी एकता जोगाउन गण्डकी र वागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरिएको बताए । कम्युनिष्ट आन्दोलनमा लाग्ने कसैका लागि आफ्नो समूहमा ढोका बन्द नभएको बताउँदै उनले सबैलाई स्वागत गर्ने बताए । यद्यपि, उनले ओली गुटमा भएकाहरुलाई सँगै लैजान नसकिएको स्वीकार गरे ।
उनले ओली अध्यक्ष भएको पार्टीमा आफुहरुको कुनै स्थान नभएको दाबी गर्दै ओलीको टांगामुनि छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा भएको बताए ।
यस्तो छ सूचीः





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
