सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सरकार बनाउन अग्रसरता लिने काँग्रेसको निर्णय

शुक्रबार, २० चैत २०७७, २० : ५१
शुक्रबार, २० चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले रातोपाटीलाई जानकारी दिइन् ।

नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा कुरा नमिल्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र सुरु भएको थियो । नेताहरुबीच वर्तमान सरकारको विकल्पका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

 


 

 बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट काँग्रेसका प्रवेश गरेकाहरूलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए ।

यसबारे पार्टीका नेताहरुले आ–आफ्नो धारण राख्नेका थिए ।

फागुन २८ गते बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकमा पनि आफ्नो नेतृत्व सरकार बनाउन अग्रसरता लिने सहमति भएको थियो । २८ गतेको सहमतिलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको देखिन्छ । 

सभापति शेरबहादुर देउवा आजको केन्द्रीय समिति बैठकमा राष्ट्रिय राजनीतिबारे कुनै निर्णय लिने पक्षमा थिएनन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले पदाधिकारी बैठकमा भएको सहमति भए पनि बैठकबाट अनुमोदन गराउनुपर्नेमा जोड दिएपछि उक्त निर्णय भएको बुझिएको छ ।

 


 

योबीचमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग काँग्रेसले विभिन्न चरणमा छलफल गरेको थियो । तर तीन दलबीच गठबन्धन निर्माणका विषयमा अहिलेसम्म ठोस सहमति हुन सकेको छैन ।

 

 


 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप