काँग्रेसले सुनिल थापालाई दियो १० हजार क्रियाशील सदस्य
काठमाडौं । नेपाली काँग्रेसले सहमहामन्त्री सुनिल थापा समूहलाई ४८ जिल्लामा गरी १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने भएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति दुवै पक्षबीच जुटेको हो।
राप्रपा परित्याग गरी गत भदौमा थापा समूह नेपाली काँग्रेस प्रवेश गरेको थियो। उनीहरुको व्यवस्थापनका लागि देउवा–पौडेलबीच सहमति जुटेको छ । यस्तै अधिवेशन सम्बन्धि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको हुने भएको छ।
चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा तोकिएकोमा अब वैशाख पहिलो सातासम्म समय थप्ने विषयमा देउवा–पौडेलबीच सहमति भएको छ ।
केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेस गर्नेछन् । आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको थियो।
दिउँसो २ बजेका लागि बोलाएको बैठक ६ बजेसम्म सुरु भएको छैन । वैकल्पिक सरकारबारे पार्टीले निर्णय लिनुपर्नेमा पौडेलको जोड छ । प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवाले अग्रसरता नलिएको भन्दै पार्टीले कुनै अर्को व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुपर्ने विषय बैठकमा उठाउने पौडेलको तयारी छ । पौडेलले आजको बैठकमा उक्त विषय उठाउने आफू पक्षीय नेतालाई बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण