शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार निर्माणको विषयमा काँग्रेसमा लफडा, बैठक नै सुरु हुन सकेन

शुक्रबार, २० चैत २०७७, ०६ : ००
शुक्रबार, २० चैत २०७७

काठमाडौं  । नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा लफडा सुरु हुँदा केन्द्रीय समिति बैठक नै बस्न नसक्ने अवस्था खडा भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ६ः४० बजेसम्म बस्न सकेको छैन । 
वरिष्ठ नेता रामचन्द्र पौडेलले वैकल्पिक सरकार निर्माणका लागि बैठक निर्णय लिनुपर्नेमा जोड दिएपछि बैठक बस्न नसकेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।

आज काँग्रेस निर्णय लिए भोलि माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने भन्दै पौडेलले पार्टी निर्णयमा पुग्नुपर्नेमा अडान लिएका छन् । सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार निर्माणका लागि परिपक्व परिस्थिति नबनेकाले निर्णय लिन नसकिने अडानमा छन् । जसकारण बैठक नै अनिश्चित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप