होलान् त रेशम चौधरी रिहा ? सरकारले थाल्यो वार्ता

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले वार्ता थालेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेसँगै आजैदेखि वार्ता सुरु हुन लागेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिए । सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
रेशम चौधरीलाई रिहाइको माग गर्दै केही दिन अघिदेखि थारु कल्याणकारी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राजधानीको माइतीघरमा धर्ना दिँदै आएको छ । १९ बुँदे माग अघि सारेर आन्दोलित सो समूह रहँदै गर्दा जनता समाजवादी पार्टीले समेत उनको रिहाइको माग गर्दै आएको छ ।
उनको रिहाइ भए सरकारमा जान तयार रहेको जसपाको एक समूहले बताउँदै आएको छ । यस्तो अवस्थामा सरकारले वार्ता टोली बनाएपछि अब चौधरी रिहा होलान् ? भन्ने चासो सुरु भएको छ । सरकारले सबै प्रकारका हिंसात्मक गतिविधिलाई अन्त्य गर्दै देशलाई शान्तिपूर्ण बनाउन लागिपर्ने लक्ष्यअनुसार वार्ताका लागि समिति बनाएको प्रवक्ता गुरुङको भनाइ छ ।
यसअघि चैत १२ मा आन्दोलनरत पक्षलाई भेट्न गृहमन्त्री थापा आफैं माइतीघर पुगेका थिए । रेशम चौधरी र लक्ष्मण चौधरी समेतको मुद्दा खारेजका लागि आयोजित विरोधसभामा थापा सहभागी भएपनि सरकारको आलोचना समेत भएको थियो । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म