शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको मुद्दा : आन्दोलनकारीसँग गृहमन्त्री पनि सडकमा (भिडियो)

बिहीबार, १२ चैत २०७७, २३ : ३६
बिहीबार, १२ चैत २०७७

काठमाडौं । रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो ।

आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए । ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’ 

 


 

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेण्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीमा संघ संगठनले समेत चौधरीको रिहाइको मागसहित आन्दोलन गरिरहेका छन् । चौधरीको रिहाइको माग गर्दै राजधानीको माइतीघर मण्डलामा काँग्रेस, एमाले र माओवादी समर्थित थारु संघ संगठनले आन्दोलन थालेका हुन् ।  आन्दोलन थाल्नुअघि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए । माइतीघर मण्डलामा थारु कल्याणकारीणी सभा र थरूहट, थारुवान संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेका छन् ।

थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली काँग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा रहेका छन् । चौधरी टीकापुर घटनाका मुख्य दोषी मानिन्छन् । उनको रिहाइको माग गर्दै आएको छ भने पछिल्लो समय होडबाजी नै देखिएको छ । थरूहटमा रेशम चौधरीको रिहाइसँग कतिपय नेताहरुको भविष्य जोडिएको छ । त्यही भएर रेशम चौधरी कसको पहल र दवावमा रिहाइ भएको कुरामा होडबाजी चलेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप