‘काजक्रियाको चलिआएको रीतमाथि मेरो विश्वास छैन, काका ! त्यसैले म केही पनि गर्दिनँ’
छ
विहान पाँच बजे म ब्युँझिएँ । मेरा हात–गोडा त्यसैत्यसै विलाएका थिए । मन मरेको थियो । हिजो र आजमै यो कत्रो फरक ! हिजो बिहान म उठ्दा आमा जीवित हुनुहुन्थ्यो, मलिन आँखाले कसरी सिलिङतिर ट्वाल्ल हेरिरहनुभएको थियो !
“कस्तो छ, आमा ?” मैले सोधेको थिएँ । आमाले उदास र अवाक् दृष्टिले मलाई पुलुक्क हेर्नुभएको थियो । हिजो र आजमै यो कत्रो फरक ! आज आमा हुनुहुन्न । संज्ञाशून्य शरीर मात्र आमाको शेष भएर ओछ्यानमा पल्टिरहेको छ ।
हिजो र आजमै यो कत्रो फरक ! आज आमा हुनुहुन्न । संज्ञाशून्य शरीर मात्र आमाको शेष भएर ओछ्यानमा पल्टिरहेको छ ।
निन्द्रा खुलेर पनि मलाई उठ्न जाँगर लागेन । आमाको कोठामा जाने उत्सुकता पनि मभित्र जागेन । किन जाने ? के बाँकी छ हेर्न र म जाऊँ त्यहाँ ? त्यहाँ त केवल उदासी छ, केवल शून्यता छ, केवल रिक्तता छ । आमा हुनुहुन्थ्यो भन्ने प्रमाणका रूपमा जीवनको अवसान भइसकेको आमाको चीसो देहमात्र त्यहाँ छ । न्यानोपन निख्रिएको, बोली विसर्जन भएको, हाँसो हराएको, ममतामयी आँखामा जालो लागेर आँखाका पुतलीहरू सदाका लागि स्थिर भएको, चेष्टाशून्य देह मात्र त्यहाँ छ— जीवनको उराठलाग्दो बगरमा पल्टिरहेको मूढोजस्तो !
उद्विग्न र खिन्न मन लिएर म त्यत्तिकै झोक्राइरहेको थिएँ, निनुजी आइपुग्नुभयो । साढे पाँचै बजेतिर होला शायद ।
“अहो निनुजी ! सानेपादेखि यति सबेरै ?”
प्रत्युत्तरमा निनुजीका समभावयुक्त दृष्टिले मलाई शोकजन्य अभिवादन गरे । अलिबेरमा रुद्रजी आइपुग्नुभयो ।
“भान्जा, दिदी त जानुभएछ, हैन ?” रुद्रजीका आँखामा आँसु टलपल–टलपल भइरहेका थिए । रुद्रजीकी आदरणीय दिदीहुनुहुन्थ्यो हाम्री आमा । तिहारमा टीका र माला गाइदिएर सेलरोटी खान दिने दिदी । दिदी–भाइको नाता वर्षमा एकपटक आउने तिहारताकको निख्लो औपचारिकता मात्र थिएन, त्यसमा त भावमय अनुरागको गाढा रङ्ग पनि थियो । खोक्दै र खैनी माड्दै आएर रुद्रजी जब “दिदी” भन्नुहुन्थ्यो, आमाका हार मिलेका फटिक दाँत कति प्रसन्न भएर चकिन्थे ! अब मुस्कान प्रकट गर्ने ती ओठमा त्यो जीवन्त भावुकता र अनुराग छैन । अब आमालाई शोभा दिने र भोजनलाई सुपाच्य बनाइदिने ती अनारदाने दाँतलहरी बेवारिसे भएका छन्, ती सदाका लागि परित्यक्त भएका छन् ।
खोक्दै र खैनी माड्दै आएर रुद्रजी जब “दिदी” भन्नुहुन्थ्यो, आमाका हार मिलेका फटिक दाँत कति प्रसन्न भएर चकिन्थे ! अब मुस्कान प्रकट गर्ने ती ओठमा त्यो जीवन्त भावुकता र अनुराग छैन । अब आमालाई शोभा दिने र भोजनलाई सुपाच्य बनाइदिने ती अनारदाने दाँतलहरी बेवारिसे भएका छन्, ती सदाका लागि परित्यक्त भएका छन् ।
“खै, दिदी कहाँ हुनुहुन्छ ?”
रुद्रजीको कति असहज र अमामयिक प्रश्न यो ? पल्लो कोठातिर सङ्केत गर्दै मौन भाकामा मैले उत्तर दिएँ— दिदीको शेष त्यहाँ छ, तिहारमा प्रेमले टीका गाइदिने दिदी कहिल्यै गोचर नहुने निराकार शून्यमा !
म सोफामा त्यत्तिकै पल्टिरहेको छु । रातिका आफ्ना असामान्य क्रियाकलापहरू सम्झन्छु, ती अर्ध–विक्षिप्त अनुभूतिहरू सम्झन्छु र म त्यसैत्यसै जिल्ल पर्छु ।
बाहिर इष्टमित्रहरूको बाक्लो चहलपहल सुरु भयो । बढ्दो पदचापको आवाज, बढ्दो गुनगुनको आवाज । त्यो सब सुन्छु र म उठ्न मनै नगरीकन त्यत्तिकै पल्टिरहन्छु । अब आमालाई पानी खुवाउनु छैन, दूध खुवाउनु छैन, अनारदाना खुवाउनु छैन । मैले उठ्न किन हतार गर्नु ?
मेरो मनको तरङ्ग व्यवहारिक बन्दोबस्ततर्फ उन्मुख भयो । यो सहरमा अब बाँस कहाँ खोज्ने होला ? कोसँग खोजिमाग्ने होला ? अघि सरेर हात बढाइदिने जाँगरिलो उपकारी को होला ?
बाफ रे ! त्यति सबेरै त्यतिका मानिस कसरी जुटेका होलान् ? कसले कटुवाल भएर त्यति फराकिलो वृत्तसम्म आवाज पु¥याइदियो होला ? हेर्छु, पिँडीमा खुट्टो हाल्ने ठाउँ छैन । गेटसम्मको बाटो खचाखच छ ।
“बाहिर जाऊँ भान्जा ।” भित्र पस्दै रुद्रजीले मेरो हात समातेर भन्नुभयो । अररिएका गोडा तन्काउँदै र आहत हृदयलाई सम्हाल्दै उठेर म बाहिर गएँ । बाफ रे ! त्यति सबेरै त्यतिका मानिस कसरी जुटेका होलान् ? कसले कटुवाल भएर त्यति फराकिलो वृत्तसम्म आवाज पु¥याइदियो होला ? हेर्छु, पिँडीमा खुट्टो हाल्ने ठाउँ छैन । गेटसम्मको बाटो खचाखच छ । आरुको विरुवा वरिपरिको बगैँचामा भीडमभीड छ । रगतको नाताका बन्धु–बान्धवहरू त्यहाँ छन्, विचारको नाताका कमरेडहरू त्यहाँ छन्, टोल–छिमेकका चिनारुहरू त्यहाँ छन्, आक्कल–झुक्कल देखभेट भएकाहरू त्यहाँ छन् र कहिल्यै कतै देखभेट नभएका विराना अनुहारहरू पनि त्यहाँ छन् । सहृदयी र सहयोगी, ओरका र परकाहरूको त्यो अप्रत्याशित जमघट देख्दा मलाई “मर्दापर्दा” भन्ने लोककथनको सम्झना भयो । “बाँच्दाका जन्ती, मर्दाका मलामी”— अर्को कथन मेरो मानसपटमा नाच्न थाल्यो । विचारको द्वन्द्वले पैदा गरेका कटु भावनाहरूलाई थाती राखेर मानिसहरू त्यहाँ आएका छन् । मतभेदका लछुमन रेखाहरूलाई नाघेर मानिसहरू त्यहाँ जुटेका छन् । त्यति मात्र कहाँ र ? अपरिचयका पर्दाहरू पन्छाउँदै मानिसहरू एकाबिहानै त्यहाँ उपस्थित भएका छन् । त्यो अनपेक्षित सद्भाव, के को लक्षण हो त्यो सब ? लोकलाजको ? निख्लो औपचारिकताको ? मृत्युप्रतिको त्रासको ? मृत्युले जगाएको वैराग्यको ? आडम्बरी अभिनयको ? कि सङ्कटकालीन सहयोग र सह–अस्तित्वको ? तथ्य जेसुकै होस्, मैले भने विविध चरित्रको त्यो व्यापक उपस्थितिमा शोक र वेदना बाँडचुँड गर्न तत्पर भएका मनकारी जनहरूको हार्दिक उपस्थिति महसुस गरेँ । अथवा आर्तहरूका हृदयका चह¥याइरहेका घाउमा मानवीय करुणाले युक्त भएर स्वेच्छाले मलम लगाइदिन आएको घाइते भावनाका उपचारकर्मीहरूको । तर जब ती सहस्र सहृदयीहरूका आँखा–आँखामा मतर्फ लक्षित उदासीको गाढा छाया देखेँ, म हठात् मर्माहत भएँ । म यी सारा आँखाहरूको सहानुभूतिको पात्र ? आज आमा नहुँदा म कति निरीह ? म कति दुर्बल ? मृत्युले घोषणा गरेको सङ्कटकालका मुखेन्जी म कति फुकिढल, जसलाई ढल्न नदिन यतिका मानिसहरूको सहारा नभई नहुने ?
मनको भुमरीमा उही बाँसको समस्या फन्फनी घुमिरहेको थियो । मेरा आँखा टुक्रुक्क बसिरहेका एकजना मानिसमाथि परे । शशी कुइँकेल ! हाम्री आमालाई सुताउने बाँस त अघि नै आइसकेछन् । शशीजी बाँसका दुई नोलमाझ बाबियाका डोरीले भाँटा बाँध्न तल्लीन हुनुहुन्छ । त्यो देख्दा कुइँकेल बाबुका सहयोगी हातले थिचिरहेको सगरलाई उचालेर पन्छाइदिएजस्तो अनुभूति भयो मलाई । अब भने मेरो मन किञ्चित् हलुङ्गो भयो ।
नेत्र काकाले आफ्नो पाखुरोमा मेरो पाखुरो उनेर मलाई भित्र पल्लो कोठाको ओछ्यानमा लैजानुभयो, जहाँ छोरो मित्र अझै सुतिरहेको थियो । बडो गम्भीर मुद्रामा काकाश्रीले खटन गर्नुभयो, “बाबु ! दुइटा लगौँटी र दुइटा धोतीलाई कपडा किन्न पठाउनुप¥यो ।”
लगौँटी र धोती ? म झसङ्ग भएँ ।
“काका, त्यो चाहिँदैन ।”
“हैन बाबु, चाहिन्छ ।”
“काजक्रियाको चलिआएको रीतमाथि मेरो विश्वास छैन, काका । त्यसैले म केही पनि गर्दिनँ । आमाका लागि जो सकेको मैले गरिसकेँ ।”
“काजक्रियाको चलिआएको रीतमाथि मेरो विश्वास छैन, काका । त्यसैले म केही पनि गर्दिनँ । आमाका लागि जो सकेको मैले गरिसकेँ ।”
नेत्र काका स्तव्ध हुनुभयो । मानौँ नीलो आकाशबाट काकाश्रीका थाप्लामा बज्र चङ्किन आइलाग्यो । यो के भनेको होस् तैँले ? काकाका आश्चर्य–चकित दृष्टिले मलाई भनिरहेका थिए । मेरो त्यो विचार उहाँले कहिल्यै सपनामा पनि नचिताएको कुरा थियो सायद । भन्नै नहुने विचार, सुन्नै नसकिने विचार ! एकदम भयङ्कर !
नेत्र काका मेरा काका–बाबुहरूको पुस्ताका सबैभन्दा उदार विचारका व्यक्ति हुनुहुन्छ । जन्मे–हुर्केका सामन्ती घरानामा तर आफू भने सामन्ती हैकम विरोधी । तैपनि मेरो त्यो विचार सुन्दा उहाँलाई भयावह कष्ट भएझैँ लाग्यो मलाई ।
“बाबु, संसार तिमीजस्तो छैन । लोकलाजको कुरा छ ।”
“काका, म अनुचित लोकलाजको अवज्ञा गर्छु ।”
“देख्नेले बाबु, तिमीलाई अर्थ–अनर्थ भन्लान् ।”
“भनून् काका, म सुन्न तयार छु ।”
मेरो जब्बर जिरह सुनेर काकाका दाँतमा ढुङ्गा लागे । अलि कम उमेरको कोही भतिजो हुँदो हो त काकाले कठोर स्वरमा कर गर्न सक्नुहुन्थ्यो होला । तर नाताले काका–भतिजा भएपनि हाम्रो उमेरमा उत्रो दूरी छैन । फेरि हाम्रो सम्बन्ध छ बिल्कुलै मित्रवत् । काकालाई उल्कासरीको भाउँतो आइलाग्यो । मुद्रामा चिन्ताको गाढा छाप लिएर लामो सुस्केरा हाल्दै उहाँ अवाक् भएर बाहिर निस्कनुभयो ।
सात
म बाहिर निस्कँदा आमालाई बाहिर निकालिसकेका रहेछन् । पिँडीको डिलमा अघि नै कात्रोले आमालाई बेरिसकेछन् । शव बोक्ने बाँसको डोला आमाकै छेवैमा हाराहारी पल्टिरहेको छ । बैरागलाग्दो त्यो दृश्य देख्दा मेरो मुटुको चाल टक्क अडिएझैँ भयो । अहिले पो मलाई एक्किन भयो, हाम्री आमा सकिएकै हुन् । अब आमाको चीसो शवमात्र बाँकी छ, जसलाई खरानी बनाउन आर्यघाटतिर चलान गर्न दु्रततर तयारी हुँदै छ । हठात् मेरो मुटुमा भक्कानो फुट्यो । चस्मा फुकालेर सानो तौलिया रुमालले म आँसु पुछ्न थालेँ ।
शव बोक्ने बाँसको डोला आमाकै छेवैमा हाराहारी पल्टिरहेको छ । बैरागलाग्दो त्यो दृश्य देख्दा मेरो मुटुको चाल टक्क अडिएझैँ भयो । अहिले पो मलाई एक्किन भयो, हाम्री आमा सकिएकै हुन् । अब आमाको चीसो शवमात्र बाँकी छ, जसलाई खरानी बनाउन आर्यघाटतिर चलान गर्न दु्रततर तयारी हुँदै छ । हठात् मेरो मुटुमा भक्कानो फुट्यो ।
नाताले दाजु पर्ने तर उमेरले कुलका जेठा र बाठा धनपति दाई लमक–लमक लम्किँदै म भएठाउँमा आउनुभयो र मलाई धाप मारेर वैराग्यको भाकामा भन्न थाल्नुभयो, “भाइ, अब रोएर केही काम छैन । मनुष्यको अनित्य चोला हो । भुलुक्क पानीको फोको उठेको थियो, अहिले यीः त्यो प्याट्ट फुट्यो । सबैको जाने बोटो यही भो, भाइ । कसैको छिटो, कसैको ढिलो । लु, आमालाई काँध थाप् ।”
शोकाकुल वातावरणलाई झनै शोकाकुल बनाउने गरी शङ्खको एकोहोरो धुन बज्न थाल्यो— टुँ ....... । प्रियजनको अवसान हुँदा जीवित रहेका प्रियजनहरूका थकित र विह्वस चित्तमा मर्मान्तक आघात त यस्सै पनि परेकै हुन्छ । उसमाथि त्यो आलो घाउमा नुनचुक लगाउने खालको यस्तो कुरूप धून किन बजाउनुपरेको होला ? उहिल्यै पिता–पुर्खाका पालामा स्वरले सम्चार पु¥याउन नसकिने ठाउँका आफन्तहरूलाई मृत्युको जनाउ दिन पो यो चलन चलेको हो कि ? समय कहाँबाट कहाँ पुगिसक्यो, तैपनि बिरालाका घाँटीमा घण्टी बाँध्ने यो चलन ज्यूँका त्यूँ छ । मृत्यु उसै त कुरूप चिज हुँदै हो, त्यो कुरूपलाई झन् विद्रूप बनाउने यो चलन किन कहिल्यै नमासिएको होला ? चरम् अप्रिय, कुरूप र कष्टकर लाग्ने यस्तो शङ्ख–ध्वनिप्रति ममा बालककालदेखि नै उग्र घृणा रहिआएको हो । अपरिचितहरूको मृत्युमा बज्ने यस्तो शङ्ख–ध्वनि सुन्दा पनि त्यसले मेरो हृदयलाई त्यसैत्यसै चिराचिरा पारिदिन्थ्यो । अहिले त आफ्नै आमाको मृत्युमा बजेर यसले उत्पात मच्चाइरहेछ । म क्रुद्ध छु, आहत छु, र आमालाई काँध थाप्न नसकेर मूर्तिवत् उभिइरहेको छु ।
छोरी डेजी चिकित्साशास्त्र अध्ययन संस्थानको छात्राबासबाट आइपुगी । हेरेँ, उसको मुखाकृति भावहीन, सपाट थियो । बाहिरको खल्बली सुन्दै अल्लि अघिसम्म सिरकले गुम्लुङ्ग मुख छोपेर सुतिरहेको लम्बु छोरो ढोकै ढाकेर ढोकामा उभिन आइपुग्यो । मैले कल्पना गरेको थिएँ— हजुरआमाको मृत्युमा यिनीहरूले कोलाहल मच्चाउलान् । तर कण्ठ खोलेर दुबैजना रोएनन्, न तिनका आँखाबाट आँसु नै भल्भली बग्यो । प्रस्तरका मूर्तिजस्ता लाग्ने तिनका अनुहारमा केवल हजुरआमाको मृत्युको पिडादायी छायामात्र थियो । मैले तर्कना गरेँ, कोमल भावनाका अदृश्य सांस्कृतिक सूत्रहरूले तिनका हृदयहरूलाई हजुरआमाको हृदयसँग उनेका थिएनन् क्यार । बालककालमा तिनले मायामोह बस्ने गरी न हजुरआमाको न्यानो काखमा खेल्न पाए, न हजुरआमाको लाडप्यारको छहारीमा तिनले शीतल ताप्न पाए । हजुरआमाका मुखबाट रसिलो लोली गाएको सुन्ने अवसर पनि तिनलाई कहिल्यै भएन । न त हजुरआमाका मुखबाट रोमाञ्चक कथा–किस्साहरू सुन्ने सौभाग्य नै तिनलाई कहिल्यै प्राप्त भयो । त्यसैले तिनका दृष्टिमा हजुरआमा बुबाकी आमा हुनहुन्थ्यो । बस्, त्यत्ति हो ।
श्रीमती ढोकाको खापामा आड लागेर पछ्यौरीले आँसु पुछिरहेकी थिइन् । बाहिर भेला भएका सबैजसो सहयोगी इष्टहरू बाहुन वा क्षेत्री थिए, उनी आफू परिन् गुरुङ । सके त्यो क्षणमा उनलाई नितान्त एक्लोपन र विरानोपनको कटुतायुक्त अनुभूति भइरहेको हुँदो हो । बाहुनी सासुको शवलाई गुरुङ बुहारीले छुनु हुने कि नुहने ? बाहुन–क्षेत्रीहरूका बीचमा आफू उभिन पाइने कि नपाइने ? सके जातिवादको जग टेकेर उठेका यस्ता आशङ्काहरूले उनको एक्लो हृदयमा भय पैदा गरेका हुँदा हुन् । त्यसैले उनी अछूतझैँ अलग्गै, एक्लै उभिएर पछ्यौरीले मुख छोपेर त्यही पछ्यौरीले आँसु पुछिरहिन् ।
बाहुनी सासुको शवलाई गुरुङ बुहारीले छुनु हुने कि नुहने ? बाहुन–क्षेत्रीहरूका बीचमा आफू उभिन पाइने कि नपाइने ? सके जातिवादको जग टेकेर उठेका यस्ता आशङ्काहरूले उनको एक्लो हृदयमा भय पैदा गरेका हुँदा हुन् । त्यसैले उनी अछूतझैँ अलग्गै, एक्लै उभिएर पछ्यौरीले मुख छोपेर त्यही पछ्यौरीले आँसु पुछिरहिन् ।
“दाइ, आमालाई काँध दिनोस् ।” हुकमी भाकामा जारी गरिएको त्यो आदेश शशी कुइँकेलको थियो । आदेश पालना गर्दै मैले काँध दिएँ ।
“त्यताबाट हैन यताबाट ।”
मैले काँध उता सारेँ । अनि शङ्खको उही उच्चाटलाग्दो एकोहोरो ध्वनिसँगै मलामीको लामेताँती लाग्यो आर्यघाटतिर ।
आफैले जानेर हो कि कसैले सिकाएर हो थाहा छैन, छोराले कुद्दै आएर बीच बाटामा हजुरआमालाई काँध दियो ।
“भाइले त दियो, तिमी पनि हजुरआमालाई काँध दिने होइन ?” मेरो हात समातेर हिँडिरहेकी छोरीलाई मैले सोधेँ ।
छोरीले वाल्ल परेर मलाई हेर्दै शिर झुकाई ।
“मृतकको आफने मान्छे को हो ?” घाटमा चितानेर आमालाई विसाएपछि घाटे पुरोहितले सोध–खोज गरे ।
“बाबु हो ।” नेत्र काकाले मलाई लक्ष्य गरेर भन्नुभयो ।
“मृतकसँगको नाता के हो ?” पुरोहितले सोधे ।
“आमा ।” मैले निवेदन गरेँ ।
“जुत्ता फुकाल्नोस् ।”
बाजेको पहिलो राउन्ड आदेश मैले पालन गरेँ ।
“कपाल खौरिनोस् ।” पुरोहितले दोश्रो राउन्ड आदेश जारी गरे ।
नेत्र काकाले पुरोहितलाई अर्थ्याउनुभयो— जेठाबाठा छोराहरू मधेसमा छन् । काजक्रियाको सबै कर्म उतै सम्पन्न हुन्छ । यहाँ त खालि दाहसंस्कार मात्र गर्ने हो । त्यसपछि आफ्नो व्याख्यामा नाटकीय रफ्फु भर्दै काकाश्रीले मेरो पक्षमा कुराको विट मार्नुभयो, “बाबुले बसमा जानुपर्छ । बाटामा छोइएर विटुलिनु राम्रो हुँदैन । त्यसैले यसले गर्नुपर्ने यावत् विधि मधेसमै गएर सुरु गर्छ ।”
“मृतकसँग नाता के हो ?” उत्तर दिइसकेको प्रश्न आक्रामक मुद्रामा दोहो¥याउँदै पुरोहित ममाथि खनिए ।
“नाता आमा–छोरा हो ।”
“आमा मर्दा छोराले कपालधरी नखौरिने ?” हिंस्रक चितुवाले निरीह छतौरालाई हेर्ने आँखाले पुरोहित बाजेले मलाई हेरे । आर्यघाट उनको एकछत्र साम्राज्य हो । उनी त्यहाँका अधिपति सम्राट । सांस्कृतिक क्रान्तिका अग्निमय भाषण गर्ने कत्राकत्रा महारथीहरूलाई थर्काएर घुँडा टेकाउँदै उनले कपाल मुण्डन गराएका छन् ।
“आमा मर्दा छोराले कपालधरी नखौरिने ?” हिंस्रक चितुवाले निरीह छतौरालाई हेर्ने आँखाले पुरोहित बाजेले मलाई हेरे । आर्यघाट उनको एकछत्र साम्राज्य हो । उनी त्यहाँका अधिपति सम्राट । सांस्कृतिक क्रान्तिका अग्निमय भाषण गर्ने कत्राकत्रा महारथीहरूलाई थर्काएर घुँडा टेकाउँदै उनले कपाल मुण्डन गराएका छन् । उनलाई थाहा छ, उनको साम्राज्यमा जो आउँछ, त्यो परैदेखि उनका पाउमा मुन्टो निहुराउँदै आउँछ । उनी उठ् भन्छन्, त्यो उठ्छ । उनी बस् भन्छन्, त्यो बस्छ । उनी घुँडा टेक् भन्छन्, त्यसले घुँडा टेक्छ । उनी कान समात् भन्छन्, त्यसले थपक्क कान समात्छ, । उनका सवै आदेशहरूको जवाफ उनको आशयबमोजिमको क्रियाद्वारा सम्पन्न हुन्छ । उनले देखेका छन्, कत्राकत्रा मै हुँ भन्नेहरूलाई कत्राकत्रा मै हुँ भन्नेहरूका शव ब्रह्मनालमा सुताउन लगाएर उनले विरालो बाँध्ने विधि सम्पन्न गराएका छन् । उनले देखेका छन्, नेताश्रीको शव तल ब्रह्मनालमा सुताएर कार्यकर्ताहरूले माथि कम्युनिष्ट अन्तर्राष्ट्रिय गाएका छन् । कम्युनिष्ट अन्तर्राष्ट्रियको गान ब्रह्मनाललाई समर्पित गरिएको देखेर उनी कतिपटक दिग्विजयको मुद्रामा हाँसेका छन् । हो त नि, त्यो उनको साम्राज्यको अखण्ड जीत हो । उनले त्यस्ता–त्यस्ता र त्यत्रा–त्यत्राहरूलाई त चुट्कीका भरमा घुँडा टेकाएका छन् भने म को हुँ र उनले मलाई विशेष छुट दिने कृपा गरुन् ?
“याँ हुँदैन । लौ, कपाल खौरिहाल्नोस् ।”
मलाई पुरोहित बाजेसँग एक राउन्ड बहस गर्न मन लाग्यो । स्वरमा अलिकति दम भरेर मैले भनेँ, “तपाईँ आफ्नो ज्यालाधारी विधि आफ्नो ढङ्गले गर्नोस् । मैले गर्नुपर्ने विधि म आफ्नै ढङ्गले गर्छु ।”
मलाई पुरोहित बाजेसँग एक राउन्ड बहस गर्न मन लाग्यो । स्वरमा अलिकति दम भरेर मैले भनेँ, “तपाईँ आफ्नो ज्यालाधारी विधि आफ्नो ढङ्गले गर्नोस् । मैले गर्नुपर्ने विधि म आफ्नै ढङ्गले गर्छु ।”
पुरोहितले हान्ने अर्नाका आँखाले मलाई दागा धरे । म पनि उनलाई सोझै हेरेर उनका अगाडि ठिङ्ग उभिएँ । लौ, यिनको झडप पर्ने भो— नेत्र काकालाई लाग्यो होला । त्यसैले युद्ध सुरु हुनुअघि नै युद्धविराम गराउने मनसायले काकाले बाजेलाई अर्को एक लेक्चर पिलाउनुभयो । बाजे बल्ल आफ्नो आतेपातेपथको सुतीखेतीतर्फ प्रवृत्त भए ।
काम्दो हातले मैले मेरो जीवनको सबैभन्दा प्रिय पात्रका मुखमा दागबत्ती दिएँ । ज्यालादारी पुरोहित्याइँ सम्पन्न गर्ने क्रमको अन्तरालमा जब बाजेलाई फर्सद हुन्छ, उनी प्रतिशोधको भाव भरिएका दृष्टिले मलाई पुलुक्क हेर्छन् । बाजेको हेराइ मलाई असह्य हुँदै गयो । त्यसकारण बाजेका दृष्टिलाई छल्न म पर अलग्गै बसेँ । आमाको शव जति–जति जल्दै भष्म–खरानी भएर बागमतीमा बग्दै गयो, मेरो हृदयमा आमाले ओगटेको ठाउँ त्यति–त्यति रित्तो हुँदै गयो । जब चिताको शेष खरानीलाई पखालेर वागमतीमा बगाइयो, विराट् रिक्तताबाहेक मेरो अन्तरमा केही बाँकी रहेन ।
अलिबेरअघिसम्म कम्तीमा पनि आमाको भौतिक देह त बाँकी थियो । अब त्यही पनि खरानीमा परिणत भई बागमतीमा बगेर अलप भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको