गोंगबुमा विभत्स हत्या : शव पोस्टमार्टमका लागि टिचिङ लगियो (घटनास्थलका तस्बिरहरुसहित)

राजधानीको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालेको शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । सो क्षेत्रमा अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरी शव पहिचानको नजिक पुगेको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए । थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
-
१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा
-
जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने
-
गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे