कोरोना संक्रमित ब्राजिलका राष्ट्रपतिले मास्क खोल्दै पत्रकारलाई भने, ‘हेर्नुहोस्, सब ठिक छ’
ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोले मिडियासँगको कुराकानीका क्रममा नाटकीय ढङ्गले मास्क खोलेर बोलेको भन्दै सोसल मिडियामा उनको अत्यधिक आलोचना भइरहेको छ ।
भिडियोमा देखिए अनुसार मिडियाकर्मीको कुनै प्रश्नको जवाफमा उनी एक कदम पछि हट्दै मास्क खोलेर भन्छन्, ‘सबै कुरा ठिक छ । म ती व्यक्तिहरुलाई धन्यवाद भन्न चाहन्छु जसले मेरा लागि प्रार्थना गरेका छन् । म पूर्ण रुपमा ठिक छु ।’
ब्राजिलका मानिसहरुले उक्त भिडियोमा कमेन्ट गर्दै लेखेका छन्, ‘बोलासोनारो यस्तो व्यवहार गरेर आखिर के प्रमाणित गर्न चाहन्छन् ?’
यसै हप्ता सोमबार उनले मास्क लगाउने नियममा परिवर्तन गरेका थिए । बोलसोनारोले ब्राजिलमा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेका थिए ।
मास्क खोलेको केही सेकेन्ड अघि मात्रै उनले मिडियालाई भनेका थिए, ‘ममा कोरोनाभाइरसको सत्रंmमण देखिएको छ ।’
बोलसोनारोले भने, ‘परीक्षण गर्दा मलाई कोरोनाभाइरसको संक्रमण देखियो । अहिलेसम्म के भयो, म तपाईंलाई भन्छु – मलाई आइतबार केही अचम्मको महसुस भयो । सोमबार बेलुकीसम्म समस्या निकै बढ्यो । मलाई ज्वरो आएको थियो । थकाई लागेको थियो र मांसपेसी दुखेको थियो । सोमबार बेलुकासम्म उच्च ज्वरो आएको थियो । लक्षण देखेर मलाई कोभिड–१९ को शंका लाग्यो । मेरा डाक्टर र मैले ब्रासिलियास्थित आर्मी अस्पतालमा जाने र सिटी स्क्यान गर्ने निर्णय गर्यौं । सिटी स्क्यानमा मेरो फोक्सो एकदम सफा देखियो । त्यसपछि मलाई हाइड्रोक्सिक्लोरोक्विन दिइयो । यद्यपि, राती अप्ठेरो महसुस भएपछि म धेरै पटक ब्यूँझिएँ । १२ घण्टापछि मैले पुनः हाइड्रोक्सिक्लोरोक्विनको डोज लिएँ । अब म भन्न सक्छु कि मलाई राम्रो लागिरहेको छ ।’
यतिभन्दै बोलसोनारोले मास्क खोलेर सबैलाई भने, ‘हेर्नुहोस्, सब ठिक छ ।’
बोलसोनारोले कोभिड–१९ महामारीको सुरुवातदेखि नै यसलाई एक सामान्य फ्लू बताउँदै आएका थिए । उनको यस्तो अभिव्यक्तिका कारण उनको अत्यधिक आलोचना भएको थियो ।
संक्रमणको मामिलामा ब्राजिल हालका लागि दोस्रो स्थानमा छ । जहाँ अहिलेसम्म साढे १६ लाखभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ । यहाँ हालसम्म ६६ हजार ७ सय ४१ को मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

