कोरोनाको संक्रमणपछि मृत्युबारे ब्राजिलका राष्ट्रपतिले भने, ‘माफ गर्नुहोस्, अझै केही मर्नेछन्, यही जीवन हो’
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले शुक्रबार कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्युमाथि विवादित बयान दिएका छन् ।
यसका साथै उनले संक्रमणका कारण साओ पोलोमा भएका मृत्युमाथि शंका व्यक्त गरेका छन् । उनले त्यहाँका गभर्नरमाथि राजनीतिक फाइदा उठाउनका लागि आँकडालाई तोडमोड गरेको आरोपसमेत लगाए । साओ पोलो ब्राजिलको अर्थव्यवस्थाको केन्द्र हो । बोल्सोनारो कारोनाभाइरसका कारण देशमा लकडाउने गर्ने पक्षमा छैनन् । यसअघि ब्राजिलका गभर्नरले राष्ट्रपतिमासथ कोरोनाभाइरससँग लड्न र सोसल डिस्टेन्सिङबारे नियम बनाउनुको साटो अर्थव्यवस्थाको चिन्ता गरेको आरोप लगाएका थिए । ब्राजिलमा पब्लिक हेल्थ एक्सपर्टको सल्लाहपछि देशका २६ गभर्नरले अनावश्यक व्यावसायिक गतिविधि र सार्वजनिक सेवामाथि प्रतिबन्ध लगाएको छ ।
भने, ‘सवारी दुर्घटनाका कारण मृत्यु हुँदा कार बनाउन त रोक्न सकिन्नँ’
बोल्सोनारोले शुक्रबार राती एक अन्तर्वार्तामा भने, ‘मलाई माफ गर्नुहोस्, केही मर्नेछन्, यही जीवन हो । सवारी दुर्घटनाका कारण मृत्यु हुँदा कार बनाउन त रोक्न सकिन्नँ ।’
बोल्सोनारोले साओ पोलोमा संक्रमणका कारण भएको मृत्युको आँकडा धेरै भएको भन्दै शंका व्यक्त गरे । उनले भने, ‘त्यहाँ के भइरहेको छ, त्यो हेर्नुपर्ने छ । राजनीतिक लाभका कारण यसलाई नम्बर गेम बनाउन सकिन्नँ ।’
ब्राजिलमा अहिलेसम्म ३ हजार ९ सय ४ जना संक्रमित छन् । यहाँ कूल ११४ जनाको मृत्यु भएको छ ।
यसअघि साओ पालोका गर्भनर जोआओ डोरियाले बोल्सोनारोलाई गलत सूचना दिएको, प्रतिबन्धको आलोचना गरेको र ‘ब्राजिल क्यान नट स्टप’ (ब्राजिल रोकिन सक्दैन) नारालाई प्रोत्साहन दिएको भन्दै आलोचना गरेका थिए । यस्तै नारा इटलीको मिलानबाट पनि आएको थियो । ब्राजिलको न्याय मन्त्रालयले भोलि सोमबारदेखि सबै विदेशीलाई एयरपोर्टको माध्ययमबाट देश प्रवेश गर्न रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण