मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण ब्राजिलमा हज्जारौंको मृत्युः राष्ट्रपतिले भने, ‘के भयो त ?’

बुधबार, २४ वैशाख २०७७, ०९ : ४९
बुधबार, २४ वैशाख २०७७

ब्राजिलमा हरेक दिन कोभिड–१९ का कारण ४ सय देखि ५ सय को मृत्यु भइरहेको छ । तर यस्तो स्थ्तिीले पनि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई केही असर पार्न सकेको छैन ।

यसको झलक यसबाट पनि पाउन सकिन्छ जब उनले हालको स्थितीमाथि उपेक्षापूर्ण ढङ्गले भने, ‘के भयो त ?’

बोलसोनारो लगातार कोरोना भाइरसको खतरालाई अस्विकार गर्दै आएका छन् र यसका लागि उनको अत्यधिक आलोचना पनि भइरहेको छ । तर उनको ताजा बयानले उनका समर्थन पनि रुष्ट भएको देख्न सकिन्छ ।

इम्पेरियल कलेज लण्डनको अनुमान अनुसार कोभिड–१९ को संक्रमण आजकाल ब्राजिलमा संसारकै सबैभन्दा तीब्र गतिमा  फैलिरहेको छ ।

मंगलबार जब देशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच हजारभन्दा बढी पुगेपछि एक पत्रकारले राष्ट्रपतिलाई यसबारे प्रश्न सोधे । जवाफमा उनले भने, ‘के भयो त ? मैले बुझ्न सकिनँ, तपाईंले मलाई के भन्न लगाउँदै हुनुहुन्छ ? म कुनै चमत्कार त गर्न सक्दिनँ ।’

ब्राजिलमा हालसम्म १ लाख १५ हजार बढी कोरोनाका संक्रमित छन् । यस्तै यो भाइरसका कारण हालसम्म लगभग ८ हजारको मृत्यु भइसकेको छ ।

मामुली ज्वरो हो कोरोनाः

यसअघि पनि बोलसोनारोले कोरोना संक्रमणलाई एक मामुली ज्वरो बताइसकेको छन् । उनले दाबी गर्दै भनेका थिए, ‘मजस्ता एथलिट व्यक्तिलाई भाइरसले छोएपनि केही गर्न सक्दैन । यदि स्थिती खराब भइहाले पनि मामुली ज्वरोजस्तो महसुस हुनेछ ।’

यतिमात्रै होइन ब्राजिलका राष्ट्रपतिले लगातार समाजिक दुरीको प्रावधानलाई पनि उल्लंघन गरिरहेको देख्न सकिन्छ । उनी सार्वजनिक स्थानमा हाई प्रोफाइल यात्रा गरिरहन्छन्, समर्थकसँग हात मिलाउँछन् र समर्थकसँग सेल्फी लिनका लागि उनीहरुको फोनसमेत समात्छन् ।

१९ अप्रिलमा ब्राजिलको सेना मुख्यालय बाहिर लकडाउन हटाउने मागसहित गरिएको प्रदर्शनमा उनी पनि समावेश भए । भाषण दिनेबेला उनलाई खोकी पनि लागेको थियो ।

लापरवाह छन् राष्ट्रपतिः

३६ वर्षका गुलिहेर्मे रोलिम एक डेन्टिस्ट हुन् । उनले सन् २०१८ को चुनावको क्रममा बोलसोनारोले परिवर्तन ल्याउलान् कि भन्ने आशामा भोट हालेको बताए ।

रोलिमले बीबीसी ब्राजिलसँगको कुराकानीमा उनले आफ्नो बुवाको कोभिड–१९ का कारण मृत्यु भइसकेको र सरकारले स्थितीलाई राम्रो तरिकाले सम्हाल्न नसकेको बताएका छन् ।

उनले भने, ‘बोलसोनारो एक लापरवाह व्यक्ति हुन् । उनको बयान गैर जिम्मेवारी र हानिकारक छ । राष्ट्रपतिले गम्भीर समस्यालाई हल्का रुपमा लिइरहेका छन् । कोरोनाभाइरसका कारण मेरो बुवाको मृत्यु भएको छ । राष्ट्रपतिले जे भनिरहेका छन्, मलाई त्यो देखेर डर लागिरहेको छ । उनले यस्तो भनिरहेका छन् किनभने हालसम्म उनको कोही पनि नातेदारको मृत्यु भएको छैन । उनले यो दुःखलाई बुझ्न सकिरहेका छैनन् ।’

कोरोनाभाइरसको असर ब्राजिलको राजनीतिमा पनि देखिएको छ । साओ पाओलो र रियो डि जेनेरियोजस्ता राज्यका गभर्नर बोलसोनारोका आलोचक हुन् । यी राज्यमा क्वारेन्टाइनको प्रावधानलाई बढाइएको छ ।

गत महिना कोरोना भाइरससँग लड्ने तरिकाको विषयमा मतभेदका कारण उनले देशका लोकप्रिय स्वास्थ्यमन्त्री लुई हेनरिक मान्देत्तालाई बर्खास्त गरेका थिए ।

मान्देत्ताको साटो उनले नेल्सन टीचलाई स्वास्थ्यमन्त्री बनाएका छन् । क्यान्सर रोग विशेषज्ञ नेल्सन एक निजी क्लिनिक समूहका सिइओ हुन् र मेडिकल सर्भिस कन्सल्टेन्सी फर्ममा पार्टनर पनि ।

यद्यपि, कोरोनाभाइरसको विषयमा राष्ट्रपतिको दृष्टिकोणलाई केही व्यक्तिले समर्थन पनि गर्छन् । उनीहरु विशेषगरी व्यवसायी हुन् जसलाई लाग्छ कि लकडाउनका कारण उनीहरुको कारोबारमा असर पर्नेछ ।

स्रोतः बीबीसी

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप