ब्राजिलमा मृतकको संख्या १ हजार पार तर राष्ट्रपतिको यस्तो लापरवाही ?
ब्राजिल दक्षिणी गोलार्धको पहिलो देश बनेको छ जहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।
यहाँ २० हजार बढी संक्रमित भेटिएका छन् ।
ब्राजिलका अधिकारीले यो संख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् किनभने अहिलेसम्म यहाँ अस्पताल पुगेकाहरुको मात्रै परीक्षण भइरहेको उनीहरुले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार यो महामारीको वास्तविक प्रकोप यो महिनाको अन्त्यमा देखिनेछ ।
ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर देशका राष्ट्रपति जेयर बोल्सोनारोले यस्ता प्रतिबन्धले अर्थव्यवस्थामा क्षती हुने भन्दै यसको विरोध गरिरहेका छन् ।
उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् ।
सामाजिक दुरी कायम गर्ने आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडेको छुट्टीको दिन राजधानी ब्रासीलियाको सडकमा निस्किए र मानिसहरुसँग भेटघाट गर्न थाले ।
एउटा पसलमा उनले आफ्ना समर्थकसँग तस्बिर पनि खिचे । तर त्यहाँका केही रुष्ट मानिसहरुले थाली ठटाएर आफ्नो असहमति जताए भने कतिले चिच्याउँदै भने, ‘गो होम (घर जाउ) !’
एकपटक उनले हातले नाक पुछेपछि एक वृद्ध महिलासँग हात मिलाएका थिए । यो कुराको लागि उनको विशेष आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण