शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा मृतकको संख्या १ हजार पार तर राष्ट्रपतिको यस्तो लापरवाही ?

आइतबार, ३० चैत २०७६, ०७ : ३०
आइतबार, ३० चैत २०७६

ब्राजिल दक्षिणी गोलार्धको पहिलो देश बनेको छ जहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

यहाँ २० हजार बढी संक्रमित भेटिएका छन् ।

ब्राजिलका अधिकारीले यो संख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् किनभने अहिलेसम्म यहाँ अस्पताल पुगेकाहरुको मात्रै परीक्षण भइरहेको उनीहरुले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार यो महामारीको वास्तविक प्रकोप यो महिनाको अन्त्यमा देखिनेछ ।

ब्राजिलका धेरैजसो राज्यले क्वारेन्टाइनजस्ता उपाय लागू गरेको छ तर देशका राष्ट्रपति जेयर बोल्सोनारोले यस्ता प्रतिबन्धले अर्थव्यवस्थामा क्षती हुने भन्दै यसको विरोध गरिरहेका छन् ।

उनले व्यवसाय खोल्नका लागि केन्द्रलाई एउटा आदेश जारी गर्न पनि धम्की दिएका छन् ।

सामाजिक दुरी कायम गर्ने आफ्नै सरकारको सिफारिसलाई वाहियात बताउँदै दक्षिणपन्थी नेता आफै गुड फ्राइडेको छुट्टीको दिन राजधानी ब्रासीलियाको सडकमा निस्किए र मानिसहरुसँग भेटघाट गर्न थाले ।

एउटा पसलमा उनले आफ्ना समर्थकसँग तस्बिर पनि खिचे । तर त्यहाँका केही रुष्ट मानिसहरुले थाली ठटाएर आफ्नो असहमति जताए भने कतिले चिच्याउँदै भने, ‘गो होम (घर जाउ) !’

एकपटक उनले हातले नाक पुछेपछि एक वृद्ध महिलासँग हात मिलाएका थिए । यो कुराको लागि उनको विशेष आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप