शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा कोरोनाको विषयमा मतभेद, राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

शुक्रबार, ०५ वैशाख २०७७, ०७ : ०४
शुक्रबार, ०५ वैशाख २०७७

कोरोनाभाइरस फैलनबाट रोक्ने मुद्दामा जारी मतभेदबीच ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटालाई बर्र्खास्त गरेका छन् ।

यी दुई नेताबीचको मतभेद आइतबार सार्वजनिक भएको थियो । स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनाभाइरसको यो संकटका बेला यसलाई रोक्न नदिन सरकारले एकजुट भएर हरेक मुश्किलको सामना गनुपर्ने बताएका थिए ।

उनको यो बयानलाई खुल्ला रुपमा राष्ट्रपतिको आलोचना गरिएको मानिएको थियो ।

हेनरिक मनडेटाले नागरिकलाई संसारका अन्य देशबाट पाठ सिक्न सल्लाह दिँदै आएका छन् । उनले भाइरसको खतरालाई कम गर्नका लागि सामाजिक दुरीको नियमको पालना गर्नुपर्ने बताएका छन् ।


उनले आ–आफ्नो प्रान्तमा लकडाउन लागू गर्ने सबै गभर्नरको तारिफ पनि गरेका थिए ।

तर राष्ट्रपति भने उनको यो तर्कसँग सहमत छैनन् । उनले मानिसहरु नडराइकनै आ–आफ्नो काममा फर्कनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बोलसोनारोले पहिले पनि कोरोनाभाइरसलाई ‘सामान्य फ्लू’ बताइसकेका छन् ।


हेनरिकले आफू बर्खास्तीमा परेको खबर ट्वीटरमा सेयर गर्दै लेखेका छन्, ‘कोरोनाको रुपमा हाम्रो स्वास्थ्य सेवा सामू एउटा ठूलो चुनौती खडा भएको छ । समय हुँदा नै स्थिती नसम्हाले स्वास्थ्य व्यवस्थामा उथलपुथल मच्चिन सक्छ ।’

यो खबर सार्वजनिक भएपछि स्वतः स्फूर्त रुपमा आइसोलेशनमा बसिरहेका नागरिकले आफ्नो घरको बालकोनीबाट निस्किएर भाँडा ठटाउँदै राष्ट्रपतिको निर्णयप्रति विरोध प्रकट गरे ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा हालसम्म १९ सय ४७ जनाको मृत्यु भएको छ भने हालसम्म कूल ३० हजार ६ सय ८३ जना संक्रमित छन् । संक्रमितमध्ये ६ हजार ६ सय ३४ जनाको अवस्था नाजुक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप